कर्मचारीको सरुवाको सिफारिसका लागि पनि पत्रकार आउँछन्: मन्त्री पण्डित
विराटनगर, १० फागुन । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आज विराटनगरमा स्व. हरिसिंह दुगड पत्रकारिता पुरस्कार मोरङका अग्रज पत्रकार यज्ञ शर्मालाई र महिला पत्रकारिता पुरस्कार पत्रकार तारा आचार्यलाई प्रदान गर्नुभयो ।
हरिसिंह दुगड च्यारिटीटेबल ट्रस्टद्वारा प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारमा यज्ञ शर्मालाई रु ३१ हजार नगद सम्मानपत्र र तारा आचार्यलाई रु ११ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा उहाँले साहित्यकार एवम् पत्रकार लक्ष्मण नेवटियालाई सम्मानपत्र तथा एक छात्र र छात्रालाई छात्रवृत्ति पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा मन्त्री पण्डितले पत्रकारलाई देश, समाज र पेसाको मर्यादाका साथै आफ्नो जिम्मेवारी सम्झेर पत्रकारिता गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।
मन्त्री पण्डित भन्नुभयो– ‘‘केही पत्रकारहरुले स्थानीय विकास अधिकारी र विकासे कार्यालयमा कर्मचारीको सरुवाको लागि सिफारिस लिएर आउने गर्छन् । त्यस्ता पत्रकारहरुबाट कसरी स्वच्छ पत्रकारिताको विकास होला ?’’
कार्यक्रममा ट्रस्टका अध्यक्ष मोती दुगडले आफ्ना पिता स्व. हरिसिंह दुगड समाजसेवीका साथै बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो भन्नुभयो ।
सोही कार्यक्रममा उद्योगपति सुरेशराज शर्मा, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्ट र पुरस्कृत व्यक्ति यज्ञ शर्माले आ–आफ्ना धारणा प्रकट गर्नुभयो ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया