संविधान निर्माणको काम छिटो टुङ्गोमा पुर्याऔँ: नेता नेपाल
भीमदत्तनगर, १० फागुन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधान निर्माणको कामलाई छिटो टुङ्गोमा पुर्याउन जरुरी रहेको बताउनुभएको छ ।
कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा राष्ट्रिय भूमिअधिकार मञ्चको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले संविधान निर्माणको ठूलो काम बाँकी रहेकाले सबै राजनीतिक दलले सहमतिमा आएर संविधान निर्माणलाई चाँडो पूरा गर्नुपर्र्नेमा जोड दिनुभयो ।
पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर भनेर अनावश्यक शीर उठाइरहेको बताउँदै नेता नेपालले राजा ज्ञानेन्द्रसँग कुनै सम्झौता नभएको जिकिर गर्नुभयो ।
संविधानसभाबाटै नयाँ संविधान – नेता श्रेष्ठ
त्यसैगरी, सोही समारोहलाई सम्बोधन गर्दै एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान संविधानसभाबाटै संविधान जारी हुने बताउनुभयो ।
“कुनैपनि हालतमा यही संविधानसभाले संविधान जारी गर्छ, कसैले अनावश्यक भ्रम नछरे हुन्छ, यो नै अन्तिम संविधानसभा हो”–नेता श्रेष्ठले भन्नुभयो ।
दुई दिनसम्म चल्ने भूमिअधिकार मञ्चको सम्मेलनमा ५४ भूमिहीन नागरिक तथा सर्वसाधारणको सहभागिता रहेको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया