विगतका सम्झौता पालन गर्न बाध्य पार्छौँ: भट्टराई
जाजरकोट, १० फागुन । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काँग्रेस र एमालेले विगतमा भएको सम्झौता तोड्न खोजे देशमा फेरि आन्दोलन सुरु हुने बताउनुभएको छ ।
फागुन १६ गतेसम्म काँग्रेस, एमालेलाई शान्ति प्रक्रियाभित्र फर्काउन दबाब सिर्जना गर्ने र त्यसपछि पनि उनीहरु सहमति गर्न तयार नभएमा रणनीतिक रुपमै नयाँ तरिकाले सोच्न बाध्य हुने उहाँको भनाइ छ ।
आज क्रान्तिकारी पत्रकार सङ्घ रुकुमले गरेको अन्तरक्रियामा बोल्दै नेता भट्टराईले भन्नुभयो–‘‘काँग्रेस, एमालेलाई विगतमा भएको सम्झौताको बारेमा सम्झाउने काम भइरहेको छ, उनीहरु सम्झन राजी नभए देशमा २०५२ सालको भन्दा पनि ठूलो आन्दोलन हुन्छ ।’’
आन्दोलन गर्न हातहतियार नभई योजना महत्वपूर्ण हुने भन्दै नेता भट्टराईले परिवर्तनका मुद्दालाई स्थापित हुन नदिने षड्यन्त्र भएमा २०७२ सालको आन्दोलन सुरु भने चेतावनी दिनुभयो ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया