बोको हरामले कब्जा लिएको शहर सेनाको नियन्त्रणमा
इनेप्लिज
२०७१ फागुन १० गते ११:३८ मा प्रकाशित
काठमाडौं, फाल्गुन १० । नाइजेरियाली सेनाले आतंकबादी समूह बोको हरामको कब्जामा रहेको बागा शहर नियन्त्रणमा लिएको छ ।
बोको हराम बिरुद्धको कारबाही तीब्र पारेको नाइजेरियाली सेनाले लामो प्रयासपछि यस्तो सफलता पाएको हो । शहर नियन्त्रणमा लिने क्रममा थुप्रै बोको हरामका कार्यकर्ता मारिएको दाबी सेनाको छ ।
बागा शहर कब्जामा लिने क्रममा बोको हरामले १ सय ५० जनाको ज्यान लिएको थियो । नाइेजेरियामा जारी हिंसाका कारण हजारौं नागरिक छिमेकी मुलुक चादमा शरणार्थीका रुपमा प्रवेश गरेका छन् ।
बोको हरामको कर्तुतका कारण सयौंको ज्यान गएपछि पछिल्लो समय नाइजेरियाली सेनाले बोको हराम बिरुद्ध थालेको अभियान तीब्र पारेको छ ।
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी
बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर
एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछ – प्रेमकाजी श्रेष्ठ
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
प्रतिक्रिया