वार्ताका लागि फोरम नेपालको तीन सर्त: उपेन्द्र यादव

नेपाल पत्रकार महासङ्घ सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारले आह्वान गरेको वार्ताका लागि तीनवटा सर्त अघि सार्नुभएको हो ।
पहिले गरिएको सम्झौताका आधारमा संविधान बन्ने प्रतिबद्धता आउनुपर्ने, माघ ११ गते सभामुखले चालेको कदम फिर्ता लिनुपर्ने र सहमतिका आधारमा संविधान बनाउने प्रतिबद्धता आउनुपर्ने उहाँको भनाइ थियो ।
विगतमा गरिएका सहमति तथा सम्झौता कार्यान्वयन नर्गनु भनेको विश्वासघात र धोका हो भन्दै उहाँले वार्ताका लागि विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिनुभयो ।
आन्दोलनलाई तुहाउन सत्ताधारी दलहरुले वार्ताका नाममा जाल फ्याँकेको उहाँको आरोप थियो ।
अध्यक्ष यादवले आन्दोलनकारी शक्तिलाई अलग राखेर संविधान बन्न नसक्ने दावी पनि गर्नुभयो ।
सो पत्रकार सम्मेलनमा बोल्दै फोरम, नेपालका केन्द्रीय कोषाध्यक्ष रेणूकुमारी यादवले उत्पीडनमा परेका मधेसी जनताले अधिकार नपाएसम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया