अङ्कगणितको संविधान टिक्दैन: गुरुङ
काठमाडौँ, १० फागुन । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताका विषयमा जनमतसङ्ग्रह नगरी अङ्कगणितका भरमा संविधान ल्याए टिक्नै नसक्ने बताउनुभएको छ ।
पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालको स्याङ्जा–काठमाडौँ सम्पर्क समितिको भेलालाई शनिबार सम्बोधन गर्दै महामन्त्री गुरुङले जातीय राज्यले द्वन्द्व निम्त्याउने र सबै पक्षको अपनत्व महसुस नहुने संविधान टिकाउ हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् राप्रविसं नेपालका अध्यक्ष राजाराम बर्तौलाले जनभावना विपरीत संविधान लादिए आमान्य हुने बताउनुभयो । सो अवसरमा सङ्गठनका उपाध्यक्ष ऋषिकेश न्यौपाने, महासचिव उज्ज्वल पोखरेल, नेता रञ्जित देसारलगायतले स्याङ्जाबाट काठमाडौँ आएर विभिन्न कर्ममा लागेकालाई सङ्गठित गरिने बताउनुभयो । यसैबीच राजेन्द्र भण्डारीको संयोजकत्वमा स्याङ्जा–काठमाडौँ सम्पर्क समिति गठन गरिएको छ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया