आगलागीबाट पाँच घर जले
इनेप्लिज
२०७१ फागुन १० गते २:२४ मा प्रकाशित
सल्यान, १० फागुन । लेखपोखरा – २ पाखापानी सार्कीगाउँमा शनिबार बिहान भएको आगलागीबाट पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
मानसिक सन्तुलन ठीक नभएको भनिएका स्थानीयवासी २७ वर्षीय राजेश सार्कीले स्थानीयवासीका घरमा आगजनी गर्दै हिँडेपछि एकै पटक सबै घरमा आगलागी भएको थियो । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, गरगहनालगायत सबै जलेर खरानी भएको र २० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
घर जलेर खरानी भएपछि तोरणका पाँच, भेदबहादुरका छ, भूपाल सार्की–कका पाँच, पार्वती सार्कीका तीन र भूपाल सार्की–खका सात जनाको परिवार बिचल्लीमा परेका छन् । मानसिक सन्तुलन ठीक नभएको भनिएका राजेशले स्थानीय जङ्गलमा समेत आगो लगाएको र निभाउन प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन् । अभियुक्त फरार छन् ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया