काँग्रेस र एमाले मिलेर फेरि राजतन्त्र फर्काउन खोजे : पुष्पकमल दाहाल
त्रिशूली (नुवाकोट), ९ फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर मुलुकमा फेरि राजतन्त्र फर्काउन खोजेको आरोप लगाउनुभएको छ ।
आज नुवाकोटको ओखरपौवा–७ कागतीगाउँको भवानी माविमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष दाहालले काँग्रेस र एमालेले राजतन्त्र फर्काएर देशलाई पुरानै अवस्थामा फर्काउन खोजेको धारणा राख्नु भयो ।
केही दिनअघि पूर्व राजा ज्ञानेन्द्रले दलहरुले आफूसँग भएको सहमति कार्यान्वयन नगरेको बताउनुभएकातर्फ लक्षित गर्दै अध्यक्ष दाहालले भन्नुभयो “ठूला हँु भन्ने दलहरु बेवी किङ बनाउन लागि परेका छन् । उनीहरु परिवर्तनलाई संस्थागत गर्न चाहँदैनन् ।”
अध्यक्ष दाहालले प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा तरबार राखेर भोटेताल्चा लगाएकाले आफूहरु संविधानसभामा जना नसकेको उल्लेख गर्नु भयो ।
उहाँले संविधानसभाबाट बाहिरिएका १९ दलको साथ लिएर समानान्तर संविधानसभा गठन गर्ने र सरकार समेत समानान्तर स्थापना गरी चलाउने चेतावनी दिनुभयो ।
उहाँले पार्टीले क्रियात्मक, निर्णयात्मक र शक्ति प्रदर्शन गरी तीन चरणमा आन्दोलन सञ्चालन गर्ने र यसमा जनताको उल्लेख्य साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाओवादी नेता वर्षमान पुनले एकीकृत माओवादी सहमतिबाट नै संविधान जारी गर्न लागिपरेको बताउनुभयो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया