महिला राष्ट्रिय क्रिकेटको उपाधि एपिएफले जित्यो
काठमाडौँ, ९ फागुन । राजधानीमा सम्पन्न भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि क्षेत्र नं ७ जनकपुरलाई सात विकेटले हराउँदै साविक विजेता नेपाल एपिएफ क्लबले जितेको छ ।
आज कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएकोे फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको झिनो लक्ष्य मात्र दिन सक्यो ।
जवाफी ब्याटिङमा आएको एपिएफलाई जित निकाल्न केवल २४.३ ओभर नै काफी रह्यो । उसले तीन विकेटकै क्षतिमा सजिलै लक्ष्य पूरा गर्यो ।
एपिएफलाई जित दिलाउनका लागि बलरको भूमिका विशेष रह्यो । प्लेयर अफ दि म्याच घोषित नीरा राजोपाध्यायले लिएको पाँच विकेटले जनकपुरको मनोबल गिरायो । त्यस्तै जनकपुरलाई सस्तैमा समेट्न रुविना क्षेत्रीले लिएको दुई, ऋतु कनोजिया, विनु बुढामगर, सीता रानामगरले एक/एक विकेटको योगदान दिए ।
यसअघि जनकपुरको ब्याटिङ लाइन पूरै असफल भएको थियो । जनकपुरकी अनुराधा चौधरीले २८, ममता चौधरीले २० र रोजी कदारीले १२ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन समेत बनाउन सकेनन् ।
थोरै लक्ष्य भएका कारण बिना दबाब ब्याटिङको जवाफ दिएका एपिएफका खेलाडीहरु ज्योति पाण्डेले अविजित ३१, सरिता मगरले १४, सीताले १०, अर्की अविजित नीराले सात तथा मधु थापाले छ रन जोड्दा सहज जित निस्कियो ।
ब्याटिङ प्रदर्शन खराब भएपछि दबाबमा खेलेका जनकपुरका बलरहरुले गरेको जितको प्रयास पनि निरर्थक रह्यो । उसका लागि अनुराधाले दुई र सन्तोषी चौधरीले एक–एक विकेट मात्र लिए पनि अन्यको प्रयास खेर गयो र हार टरेन ।
उपाधि विजेता एपिएफले रु ट्रफीसहित रु ५० हजार हात पार्यो भने जनकपुरले उपविजेताको ट्रफीमा सीमित भएर रु ३० हजारमा चित्त बुझाउनुप¥यो ।
प्रतियोगितामा सर्वोकृष्ट तथा उत्कृष्ट घोषित खेलाडीले ट्रफी तथा नगद पुरस्कार पाए । क्षेत्र नं ५ नेपालगन्जकी सन्जु चौधरीले सर्वोकृष्ट हुँदै रु १० हजार हात पार्नुभयो ।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान क्षेत्र नं १ विराटनगरकी सङ्गीता राई र बलर उपविजेता जनकपुरकी शान्ति चौधरीले पाँच–पाँच हजार पारे भने उदयीमान खेलाडीको उपाधि पनि सङ्गीताले नै जित्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव युवराज लामा र नेपाल क्रिकेट सङ्घका कार्यबाहक अध्यक्ष दीपक कोइरालालगायतले ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया