कोइराला सरकार परिवर्तन हुँदैन, बरु एमाओवादी पनि सरकारमा आउन सक्छ : माधव नेपाल
अत्तरिया (कैलाली), ९ फागुन । नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नभएको बताउनुभएको छ ।
आज प्रेस चौतारी नेपाल, कैलालीले गेटा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले सरकार विस्तार भने हुनसक्ने बताउनुभयो ।
उहाँले विपक्षी दलहरुसँग सहमतिको सम्भावना बढ्दै गएको बताउँदै आफूले एनेकपा—माओवादीसहितको मोर्चाका नेताहरुसँग छलफल गर्दा सहमतिका लागि सकारात्मक सङ्केत देखापरेको बताउनुभयो ।
नेता नेपालले आफूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत मोर्चाका नेताहरुसँग छलफल गरेको पनि बताउनु भयो ।
छलफलका क्रममा मोर्चाका नेताहरु वार्तामा बस्न सकारात्मक भएकाले वार्तामा बसेपछि हाल देखिएका मतभिन्नता छलफलका माध्यमबाट हल हुने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेस र नेकपा—एमाले छिटोभन्दा छिटो संविधान जारी गर्ने पक्षमा रहेका छन् । सकिन्छ भने सहमतिका आधारमा संविधान जारी गर्ने, त्यसो नभए विमति राखेर भए पनि संविधान जारी गरिनेछ, नेता नेपालले भन्नुभयो ।
संविधान जारी गर्दा यसअघि सहमति भएका मूल भावना गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता जस्ता सवालमा ध्यान दिइने पनि नेता नेपालले बताउनुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया