नेपालका सौगात विष्ट भए विश्वकै कान्छा चलचित्र निर्देशक
काठमाडौं, ८ फागुन । विश्वकै सबैभन्दा सानो उमेरमा चलचित्र निर्देशन गर्ने रेकर्ड नेपालका सौगात विष्टले बनाएका छन् ।
आज यहाँ आयोजित एक कार्यक्रममा गिनिज बुक अफ वल्र्ड रेकर्ड्स्बाट पाएको विश्वकै कान्छा निर्देशक भएको प्रमाणपत्र उनले देखाए । आठ वर्षका निर्देशक विष्टले ‘लभ यु बाबा’ नामक चलचित्र निर्देशन गरेका थिए ।
उक्त चलचित्रको मङ्सिर २६ गते प्रदर्शनी गरिएको थियो । सम्झना पोखरेल निर्माता रहनुभएको सो चलचित्रमा निर्देशकका पिता गजित विष्ट र दिदी संगम विष्टको मुख्य भूमिका रहेको छ ।
डिल्लीबजारस्थित सूर्यदेव ज्योति विद्यालयमा कक्षा २ मा अध्ययनरत विष्ट आगामी दिनमा समेत चलचित्र निर्देशन गर्ने लक्ष्य रहेको बताउँछन् । उनले आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई दर्शकले त्यति नरुचाएपनि पुनः चलचित्र निर्देशनलाई भने निरन्तरता दिने बताए ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले विष्ट राष्ट्रको गौरव भएको बताउँदै उनको चलचित्रलाई पुनः प्रदर्शनी गर्न सरकारी निकायबाटै पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विष्टका पिता गजित विष्टले छोराले पहिलो पटक चलचित्र निर्देशन गर्ने भनेको सुन्दा आफूलाई पत्यार नलागेको भएपनि अहिले विश्वमा नै रेकर्ड राख्दा आपूm अत्यन्त खुशी भएको बताउनुभयो ।
निर्देशक विष्ट पहिलो पटक एउटा विज्ञापनमा खेलेर यस क्षेत्रमा लागेका थिए । पाँच वर्षकै उमेरमा उनले ‘जन्मभूमी’ नामक चलचित्रमा अभिनय गरेका थिए । परिवार नै चलचित्रको क्षेत्रमा लागेकाले पनि आफ्नो रुचि यसतर्फ बढी रहेको उनले बताए ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया