कालोबजारी गर्ने व्यवसायीलाई कारवाही गर्ने निगमको तयारी
काठमाडौँ, ८ फागुन । नेपाल आयल निगमले खाना पकाउने ग्यासमा देखिएको समस्या केही दिनभित्रै समाधान हुने पुनः दावी गरेको छ ।
लामो समयदेखि बजारमा खाना पकाउने ग्यासको अभाव भएपनि निगमले समस्या समाधान गर्न नसकिरहेको भन्ने आरोप लागेको सन्दर्भमा केही दिनभित्र पूर्ण समाधान हुने बताएको हो ।
व्यवस्थापिका–संसद्को उपभोक्ता हित तथा वाणिज्य समितिअन्तर्गतको उपसमितिको आजको बैठकमा निगमका महाप्रबन्धक डा गोपालबहादुर खड्काले अभावको कारण देखाएर अनावश्यक सञ्चिती गरेका कारण समस्या भएको बताउनुभयो ।
केही ठूला होटल तथा व्यापारीको मनोमानीका कारण समस्या बढेको भन्दै उहाँले कम पेट्रोलियम पदार्थ उठाउने, तोकिएको कोटा भन्दा कम कारोबार गर्ने र ग्यासको कोटाअनुसारको कारोबार नगर्ने तथा तोकिएको मूल्य भन्दाबढी रकम लिने जोकोहीलाई पनि कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निगमले माग गरे भन्दाबढी कोटा उपलब्ध गराएको भएपनि बजारमा अस्वाभाविक प्रतिस्पर्धा हुँदा समस्या ज्यूँका त्यू रहेको र समस्या समाधानका लागि हरसम्भव उपाय अवलम्बन गरिएको महाप्रबन्धक खड्काको भनाइ छ ।
बैठकमा सांसदहरुले खाना पकाउने ग्यासको सिलिण्डर सङ्ख्या एकिन नभएको भन्दै निगमको ध्यानाकर्षण गराउनुभएको थियो । ग्यास उद्योगले मनलाग्दी सङ्ख्यामा सिलिण्डरको सङ्ख्या थप गरेको र पछिल्लो समयमा मात्रै चार लाख थान सिलिण्डर थप गरी हाहाकार पारेको भन्दै स्पष्ट जवाफको माग गर्नुभएको थियो ।
सांसदहरुको ध्यानाकर्षणको जवाफमा निगमका महाप्रबन्धक डा खड्काले बजारमा के कति मात्रामा सिलिण्डर रहेको छ भन्ने बारेमा तथ्यगत लगत सङ्कलनको काम भइरहेको र केही समयभित्रै यर्थाथ सङ्ख्या आउने जानकारी गराउनुभएको थियो ।
उपसमितिका संयोजक नारायणबहादुर कार्कीले तत्काल अन्तर्राष्ट्रिय बजारमा समायोजन भएको मूल्यअनुसार पेट्रोलियमको मूल्य समायोजन गर्न, ग्यासमा अनुदान दिन निगमलाई निर्देशन दिइएको जानकारी गराउनुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया