मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं २०:३८
वासिङटन डिसी 10:53

बिरोधले संविधान रोकिदैन: उपाध्यक्ष भण्डारी

इनेप्लिज २०७१ फागुन ८ गते १४:४३ मा प्रकाशित

bidhya-bhandariधनकुटा, ८ फागुन । नेकपा(एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले एकीकृत नेकपा माओवादीलगायत दलको बिरोध र आन्दोलनले संविधान निर्माण प्रक्रिया नरोकिने दावी गर्नुभएको छ ।

आज एमाले धनकुटाको छैठौँ जिल्ला कमिटिको प्रतिनिधि परिषद् वैठकको उद्घाटन कार्यक्रममा उपाध्यक्ष भण्डारीले कुनैपनि हालतमा संविधान जारी भएरै छाड्ने दृढता व्यक्त गर्नु भयो ।

एमाओबादीको स्वार्थका आधारमा संविधान निर्माण प्रकृयालाई रोक्न नमिल्ने भन्दै उहाँले जनभावना अनरुपको संविधान निर्माण हुने बताउनुभयो ।

काँग्रेस, एमालेले सहमतिका लागि गरेको प्रयासलाई कमजोरी ठानेर घुर्काइरहेको भन्दै उहाँले एमाओवादीसहितको मोर्चाका लागि अब सहमतिमा आउनुको बिकल्प नरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया