विविधतामा अनुपम एकता नै राष्ट्रिय शक्ति हो: प्रधानमन्त्री कोइराला
काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले जातीय, भाषिक र धार्मिक विविधतामा अनुपम एकता नै नेपालको राष्ट्रिय शक्ति भएको बताउनुभएको छ ।
विश्व शान्ति महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनमा प्रधानमन्त्री कोइरालाले आफूहरु राष्ट्रिय एकता र विश्व प्रचलित प्रजातान्त्रिक मूल्य मान्यताअनुरुप अधिकतम् लचक भएर समावेशी प्रजातन्त्रलाई संस्थागत गर्न अग्रसर रहेको अवगत गराउनुभयो ।
गौतम बुद्ध र महात्मा गान्धिले देखाएको शान्ति र अहिंसाको बाटोबाटै शान्ति, स्थायित्व र विकासको लक्ष्य प्राप्त गर्ने समावेशी प्रजातन्त्र प्राप्त गर्न सकिनेमा जोड दिँदै प्रधानमन्त्री कोइरालाले प्रजातन्त्र नै जीवनको बाटो भएको बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले नेपालले विश्वका सबै मुलुकसँग मैत्रीपूर्ण सद्भाव कायम राख्दै आएको बताउँदै एसियामार्फत विश्वमा इज्जत र सम्मानसहितको शान्ति र एकता फैलाउने आफ्नो लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले विभिन्न आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न संविधान बन्नु अपरिहार्य रहकामा जोड दिँदै नेपाली जनता शान्तिको खोजीमा रहेको बताउनुभयो ।
नेता नेपालले प्रजातन्त्रको लडाइँमा मुलुकको लामो इतिहास रहेको अवगत गराउँदै सहमति र छलफलका लागि दलबीच संवाद नै वर्तमान आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी प्रजातन्त्रले मात्रै सबै जनताका सबै मानवाधिकारको प्रत्याभूति गर्ने बताउनुभयो ।
भारतको उत्तराखण्ड प्रदेशका पूर्व मुख्यमन्त्री तथा लोकसभा सदस्य भगतसिंह कोस्यारीले विश्वमा अतिवाद र आतङ्कवादका कारण निर्दाेष जनताको हत्या भइरहेको अवगत गराउँदै शान्तिबिना प्रजातन्त्र सम्भव नहुने बताउनुभयो ।
विश्व शान्ति महासङ्घका अध्यक्ष चाल्र्स एस यङ, विश्व शान्ति महासङ्घका सभापति थोमस जि वाल्स, विश्व शान्ति महासङ्घ एसियाका अध्यक्ष डा चुङ सिक योङले विश्व परिवेशमा प्रजातन्त्रमा देखिएका समस्या र चुनौतीका बारेमा चर्चा गर्नुभएको थियो ।
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रतिक्रिया