अमेरिकाको टेक्सासमा महाशिवरात्री सम्पन्न
फेब्रुअरी १७ मंगलबार I अमेरिकाको टेक्सास राज्यको डल्लास स्थित NCSC पूजा समितिद्वारा आयोजित हिन्दू मन्दिरमा जम्मा भई नेपाली भक्तजनहरुले महाशिवरात्री पर्व धुमधामका साथ मनाएका छन । NCSC पूजा समितिले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली समाजलाई धार्मिक कार्य सु-सम्पन्न गराउन सक्रिय गुरु डा. शेखर पण्डितले बिहान ७:०० बजे सुरु गरि १०:३० बजेसम्म शिव-पुजन कार्यक्रम भएको थियो । पंतिबद्द बसेर पालै पालो शिव लिङ्गमा दूध अर्पण गर्ने ब्यबस्था गरिएको थियो । भजन गाएर रमाइलो गर्दै पूजा आराधना गरे पश्चात भक्तजनहरुलाई प्रशाद ग्रहणको पनि ब्यबस्था गरिएको थियो । नेपाली समुदायको मन्दिरमा DFW मेट्रो लगायत आसपासका सहरहरुमा बसोबास गर्ने सयौ भक्तजनहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा NCSC पुजा समितिका संयोजक रमेश पोखरेलले उपस्थित भक्तजनहरुलाई स्वागत अभिनन्दन गर्नुभएको थियो |
त्यस्तैगरी भर्खरै प्रारम्भ भएको हरिहर शक्ति मन्दिरमा बिहान ६ बजेदेखि १२ बजे सम्म मन्दिरमा शिव आराधना भइरह्यो, बिहानैदेखि पारिवारिक रुपमा रुद्री गराउने, दुध पंचामृत चढाउने भक्तजनहरुको अनवरत आगमन र पूजापाठको आध्यात्मिक आनन्दको लहर चलिरह्यो। भर्खरै प्रारम्भ भएको हरिहर शक्ति मन्दिरमा पहिलोपटक आउने भक्तहरुको संख्या पनि उल्लेखनीय रह्यो। बिहानदेखि बेलुकासम्म बाक्लो रुपमा भक्तजनहरुको आगमन भयो। बेलुका ६ बजे सामूहिक शिवपूजा र रुद्राभिषेक संपन्न भयो। तत्पश्चात पण्डित तुलसी रामबाट शिवरात्रिको उत्पत्ति, यस दिनको अद्भुत महिमा र शिवरात्रिको कथा वाचन गरिएको थियो । अन्तमा आरती , भजन कीर्तन गरी शिवरात्रि पर्व मनाइयो I
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
एनआरएनए अमेरिकाको चुनावमा उम्मेद्वार हुनेले जनसम्पर्क समितिको पदिय जिम्मेवारबाट राजिनामा दिनु पर्ने
टेक्ससको अस्टिनमा २ महिला र १ पुरुषको गोली हानी हत्या गर्ने पूर्व प्रहरी जासुस अझै फरार
प्रतिक्रिया