अमेरिकाले इस्लाम विरुद्ध लडेको छैन: ओबामा
इनेप्लिज
२०७१ फागुन ७ गते १७:१७ मा प्रकाशित
काठमाडौं, ७ फागुन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाले इस्लाम विरुद्ध लडाइ नलडेको स्पष्ट पारेका छन् ।
उनले इस्लामसँगको लडाइ नभइ इस्लामको नामलाई दुरुपयोग गर्ने कट्टरपन्थी समुहसँग लडीरहेको बताएका हुन् । वासिङटनमा ६० भन्दा बढी मुलुकका प्रतिनिधिहरुको सहभागिता रहेको तीन दिने एक सम्मेलनलाई सम्बोधन गर्दै ओबामाले विश्वले अहिले इस्लामको नाममा तोडमोड गरिएका हिंसा फैलाउने विचारधाराका कट्टरपन्थी व्यक्तिको सामना गरिरहनु परेको बताए ।
फ्रान्स र डेनमार्कमा केही दिनअघि भएका अतिवादी आक्रमणका घटनालाई लिएर आयोजना गरिएको उक्त सम्मेलनमा ओबामाले ईस्लामिक स्टेट र अल कायदा जस्ता समूह धार्मिक नेतृत्व नभइ आतंकवादी भएको बताए ।
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
ट्रम्पका कट्टर समर्थक न्यु मेक्सिकोका सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ
अमेरिकामा एकैदिनमा १ लाख ६९ हजार कोरोनाबाट सक्रमित,१ हजार ७ सयको मृत्यु
प्रतिक्रिया