नेता बाँस्तोलाको स्वास्थ्यस्थितिका बारेमा जानकारी
इनेप्लिज
२०७१ फागुन ७ गते १४:४३ मा प्रकाशित
काठमाडौँ, ७ फागुन । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले लामो समयदेखि अस्वस्थ रहनुभएका नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गर्नुभएको छ ।
एमाओवादी अध्यक्ष दाहाल आज बाँस्तोला निवास सातदोबाटो पुगी उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको हो ।
लामो समयदेखि अस्वस्थ रहनुभएका बाँस्तोलाको उपचारमा सरकारले रु ५० लाख सहयोग उपलब्ध गराएको थियो । मस्तिष्कघातबाट पीडित बाँस्तोला खान, बोल्न र हिडडुल गर्न नसक्ने अवस्थामा हुनुहुन्छ ।
नेपालका स्थापित नेता लामो समयदेखि अस्वस्थ रहनुभएकाले उहाँको बारेमा एमाओवादी अध्यक्षले चासो राख्नुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया