मोर्चासँग कुनै राजनीतिक मुद्दा छैन: नेता थापा
रत्ननगर (चितवन), ७ फागुन । नेपाली काँग्रेसका युवा नेता गगन थापाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको मोर्चाको कुनै राजनीतिक एजेण्डा नभएको दाबी गर्नुभएको छ ।
आज चितवनमा भएको एक कार्यक्रममा उहाँले मोर्चा मुद्दाबिनै सङ्घर्षमा उत्रिएको भएपनि नेपाली काँग्रेस जिम्मेवार पार्टी भएकाले निकास निकाल्ने जिम्मा काँग्रेसकै काँधमा रहेको बताउनुभयो ।
प्रजातन्त्र दिवसको अवसरमा चितवनमा प्रजातान्त्रिक विचार समाज र नेपाली काँग्रेस चितवनले आयोजना गरेको विचार गोष्ठीमा उहाँले काँग्रेस समाज डोर्याउने पार्टी भएकाले खुलेरै उनीहरूसँग बहस गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विपी कोइरालाको जिवनीको बारेमा लेखिएको पुस्तकको अर्का नेता धनराज गुरुङले विमोचन गर्नुभएको थियो ।
सो क्रममा गुरुङसँगै नेता बद्री पाण्डे, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदार नरसिंहकेसीलगायत काँग्रेस निकट विभिन्न सङ्घसङ्गठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया