‘खेलकुदमार्फत देशलाई चिनाउनुहोस्’ : मन्त्री बस्नेत
काठमाडौँ, ७ फागुन । राजधानीका तीन विद्यालय सुर्योदय, आनन्दभूमि र व्लू स्काईको साझा सङ्गठन लोटस एजुकेसन फाउन्डेसनले बालबालिकाको चौतर्फी विकासका लागि भन्दै खेलकुद कार्यक्रम आयोजना गरेको छ ।
‘खेल खेलौं स्वस्थ बनौं’ भन्ने मूल नाराका साथ सुरु भएको ‘स्पोर्टस् मिट २०७१’ नाम दिइएको कार्यक्रमको उद्योग मन्त्री महेश बस्नेतले आज हलचोकस्थित एपिएफ रङ्गशालामा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा मन्त्री बस्नेतले विश्वमा सबै देशको समान प्रतिस्पर्धाको एक मात्र माध्यम खेलकुद भएको बताउनुभयो ।
उहाँले पछिल्लो समयमा नेपाली क्रिकेट टिमले ठुला देशहरूलाई हराएको स्मरण गर्दै भन्नुभयो, “क्रिकेटले अमेरिकालाई हरायो, त्यस्तै मेहेनत गर्ने हो भने कुनैदिन फुटबलले चीनलाई हराउँने दिन आउँनेछ ।”
फाउन्डेशन स्थापनाको सहयोगी रहेका जर्मन शिक्षाविद प्रा.डा. एफ.जे. राडामाकरले प्रतिष्ठाको माध्यम मात्र नभएर खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकास गर्न सघाउ पुर्याउने बताउनुभयो ।
फाउनडेसन तथा प्याप्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले कार्यक्रमको लक्ष्य विद्यालयदेखि सुरु गरेर ओलम्पिकसम्म पुग्नु रहेको उल्लेख गर्नु भयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया