शनिबार, मंसिर १३ २०७७
काठमाडौं २२:२९
वासिङटन डिसी 11:44

क्यानाडाका लागि नेपालका राजदुत पोखरेलले गभर्नर जनरललाई ओहदाको प्रमाण पत्र बुझाए l

इनेप्लिज २०७१ फागुन ७ गते १:१८ मा प्रकाशित

"GG2015-0048-001

क्यानाडाका लागि नेपाल सरकारका नव नियुक्त महामहिम राजदुत काली प्रसाद पोखरेलले क्यानाडाका गभर्नर जनरल महामहिम सम्माननीय डेविड जोन्सटन समक्ष ओहदाको प्रमाण पत्र बुझाउनु भएको छ l बिशेष कार्यक्रम पछि राजदुत पोखरेल तथा क्यानाडाका गभर्नर जनरल संग छुट्टै बैठक बसेको थियो भने उक्त भेटघाटमा दुई देश बीच रहेको कुटनैतिक सम्बन्धको बारेमा चर्चा गरिएको थियो l

राजदुत पोखरेलले नेपाल र क्यानाडा बिच १९६५ देखि नै कुटनैतिक सम्बन्ध स्थापना भए पछि एक आपसमा भएको समझदारी र सहयोगको तह प्रति हर्ष व्यक्त गर्नु भयो l

प्रतिक्रिया