अमेरीकामा कर्मचारी सरुवा गर्दा एल१ए भिषा र ग्रिनकार्ड पाऊन सक्ने सम्भावना।

इनेप्लिज २०७१ फागुन ७ गते १:१७ मा प्रकाशित

 

photo
अमेरीकामा साना व्यवसाय गर्ने विदेशी रोजगारदाताहरुले पनि आफनो व्यवसायलाई सुव्यवस्थित रुपबाट चलाऊनका लागि मेनेजर वा एक्जुक्युटिभ स्तरका कर्मचारीहरुलाई अमेरीकामा सरुवा गर्न सक्दछ। र यसरी सरुवा गरेर निस्चित समयका लागि पठाइएका कर्मचारीहरुलाई अमेरीकी अद्यागमन विभागले एल१ए भिषा दिने गर्दछ औचित्यताको आधारमा। सरुवा गरिएका कर्मचारीहरुको शैक्षिक योग्यता भन्दा पनि उनीहरुले कम्पनीमा रहेर गरेको कामको दक्षतालाई आधार मानीन्छ। किनकि यस्ता पुराना कर्मचारीहरु नभएको कारणले गर्दा अमेरीकामा विदेशी लगानीकर्ता कम्पनीले आफनो सव्सीडियरी कम्पनी वा शाखाको काम राम्ररी अगाडी बढन सक्दैन। त्यस्तै यो एल१ए भिषा अमेरीकामा विदेशी कम्पनीलाई आफनो नया कम्पनी स्थापना गर्नका लागि पनि दिईने गरिन्छ। यस्का लागि अमेरीकी रोजगारदाता कम्पनीले अमेरीकी अद्यागमन विभाग समक्ष एल१ए अस्थायी कामदार भिषाको लागि बिजिनेशप्लान, कम्तीमा पनि २ लाख भन्दा बढी लगानीगर्ने क्षमता र अन्य तोकिएका प्रकृयाहरु पुरा गरी निवेदन दिएमा अमेरीकामा सरुवा भएर आऊने मैनेजर वा एक्जुक्युटिभ स्तका कर्मचारीलाई मात्र १ बर्षका लागि एल१ए भिषा दिने गर्दछ। एल१ए अस्थायी भिषामा आऊने विदेशी कामदारहरुले सात बर्षसम्म काम गर्ने अनुमति पाऊन सक्दछन। यसरी सात बर्षसम्म भिषा कायम रहनका लागि विदेशी कम्पनीले अटुट रुपबाट दुबै देशमा ब्यापार गरिरहेको हुनु पर्दछ आफनो बिजिनेशप्लानमा उल्लेख गरे अनुसार।
एक्जुकेटिभ वा मैनेजरको मुख्य कामको जिम्वेवारी भनेको  directing management or managing an organization, department, subdivision, or component of the company  हो। त्यस्तै कम्पनीले कामदारलाई एक्जुकेटिभ वा मैनेजर हो भन्नका लागि सो कामदारको supervisory responsibilities over professional or managerial employees or manages an essential function within organizationथियो भनि देखाऊन सक्नु पर्दछ। एल१ए भिषा सानो दर्जाका कामदारहरुको लागि उपलव्ध हुदैन र यो भिषामा आऊन पाऊने कामदारहरुको कोटा निर्धारण गरिएको छैन।
एल१ए भिषाका लागि निवेदकले पुरा गर्नुपर्ने आधारहरु भनेको अमेरीकामा रहेको कम्पनीमा काम गर्नका लागि सरुवा गरिने कामदार अमेरीका आऊनु भन्दा अगाडी विदेशमा रहेको कम्पनी वा निकायमा वितेका ३ बर्षभित्र कम्तीमा पनि १ बर्षसम्म लगातार रुपबाट एक्जुकेटिभ, मैनेजर वा विशिष्ठ ज्ञानको आवस्यक पर्ने पदमा काम गरेको हुनु पर्दछ। र सो कर्मचारी अमेरीकामा आऊदा पनि आफु कार्यरत रहेको कम्पनीको लागि एक्जुकेटिभ, मैनेजर वा विशिष्ठ ज्ञानको आवस्यक पर्ने पदमा रहेरै काम गर्नका लागि आएको हुनु पर्दछ। एक्जुकेटिभ पदका कामदारलाई कम्पनीको हितका लागि आवस्यक पर्ने धेरै निर्णय स्वतन्त्र रुपबाट गर्न पाऊने अधिकार प्राप्त हुन्छन।
अमेरीकामा नया अफिस स्थापना गर्नका लागि एल१ए भिषाको लागि अनुरोध गर्ने रोजगारदाताले देखाऊन पर्दछ कि नया खोलीने कार्यालयको लागि प्रयाप्त ठाऊ लिइएको छ, नया कार्यालयमा अस्थायी रुपबाट काम गर्न आऊने कर्मचारी एल१ए भिषाको लागि अमेरीकी अद्यागमन विभाग समक्ष निवेदन दिनु भन्दा अगाडी वितेका तीन बर्षमा लगातार रुपबाट कम्पतीमा १ बर्षसम्म कार्यकारी तथा मैनेजरको हैसियतबाट कागरेको छ, र अमेरीकामा खोलीने नया कार्यालयले १ बर्ष भित्र कर्मचारीलाई चाहिने सुविधा दिन सक्दछ।
अमेरीकामा कम्पनीको नया अफिस स्थापना गर्न आऊने कर्मचारीलाई सुरुमा १ बर्षका लागि एल१ए भिषा अद्यागमन विभागले दिने गर्दछ। तर अन्य कामदारहरुको लागि भने ३ बर्षका लागि एल१ए भिषा दिइन्छ। १ बर्षको समय व्यतित गरि सकेका कम्पनीमा कार्यरत कामदारहरुलाई पुन २ बर्षका लागि एल१ए भिषा थप गर्न सकिन्छ। यो भिषाको म्याद सात बर्षसम्म बढन सक्दछ यदि कम्पनीले अमेरीकामा लगातार ब्यापार गरिरहेको देखिएमा। कम्पनीमा काम गर्ने कामदार फुलटाईम वा पार्टटाईम हुन सक्दछ।
एल१ए भिषामा अमेरीका आऊने कामदारले आफनो श्रीमान वा श्रीमती र २१ बर्ष ननाघेका अविवाहित छोरा र छोरीलाई आफना साथमा एल२ भिषाको लागि अनुरोध गर्न सक्दछ। र यसरी गरिएको अनुरोधलाई अमेरीकी कन्सुलेट अफिस वा अद्यागमन विभागले स्वीकृत गरेमा कमदारसंगैं अमेरीका आऊन सक्दछन। यदि परिवारका सदस्यहरु अमेरीकामा नै कुनै अरु अस्थायी भिषामा छन भने निजहरुले आफनो स्टाटस परिवर्तन गर्न र बढाऊनका लागि अमेरीकी अद्यागमन विभाग समक्ष अनुरोध गर्न सक्दछन। एल२ भिषा अर्थात डिपिन्डेण्ट भिषामा आऊने कामदारको श्रीमान वा श्रीमतीले अमेरीकामा कामगर्नका लागि Employment Authorization  पाऊ भनि निवेदन गर्न पाऊछन अमेरीकी अद्यागमन विभाग समक्ष। यसरी दिएको निवेदन स्वीकृत भएमा निजहरुले अमेरीकामा काम गर्न सक्दछन।
एल१ए स्टाटसमा अमेरीकामा सरुवा भै आएको कामदारलाई १ बर्षका समय समाप्त भै कार्य प्रगतीको आधारमा अमेरीकी अद्यागमन विभागले पुन २ बर्षका लागि भिषा थप गरेको अवस्थामा कम्पनीले सो कर्मचारीलाई स्थायी रुपबाट अमेरीकामा राख्न आवस्यक परको कारण जनाई ग्रिनकार्डको भिषाका लागि अद्यागमन विभाग समक्ष निवेदन गर्न सक्दछ। यसरी दिएको निवेदनमा अद्यागमन विभागले जाचबुमm गर्दा कम्पनीले गरेको कार्य सन्तोषजनक देखि गरिरहेको व्यापारको प्रकृतीले निरन्तरता पाऊने देखेमा ग्रिनकार्डको भिषा स्वीकृत गर्न सक्दछ। यसरी ग्रिनकार्डको भिषा अनुरोध गर्दा अमेरीकी श्रम विभागको स्वीकृती लिई रहनु पर्दैन। र यो भिषा प्रथम श्रेणीको हुदा स्वीकृत भएपछि ग्रिनकार्ड बनाऊनका लागि भिषाको पालो पर्खिरहनु पर्दैन।
एल१ए भिषाका लागि नया कम्पनीका तर्फबाट अमेरीकामा रहेको व्यवसाय र विदेशमा रहेको व्यवसायका बिचमा स्वामित्वको सम्वन्ध, नियमानुसार अमेरीकामा अर्को देशबाट पैसा ल्याएर लगानी गर्न सक्ने हैसियत जस्तो कि २।३ लाख अमेरीकी डलर, सम्भाव्यता अध्ययनको प्रतिवेदन, अनि ३ देखि ५ बर्ष भित्र गरिने कामको विवरण अर्थात व्युजिनेश प्लान बुमmाऊनु पर्दछ। द्यगकष्लभकक उबिल मा सामान्यतया निम्नानुसारका कुराहरु खोलिएको हुनु पर्दछ। यस्तो अभिलेख सिपिए, चार्टड एकाऊण्टेण्ट, वा अन्य यस बिषयमा दक्षता हासिल गरेको व्यक्तिहरुले गर्ने र यस्तो दस्तावेज पनि अंग्रेजी भाषामा नै तयार गरिनु पर्ने हुदा लगानीकर्ताको सुविधाका लागि अंग्रेजीमै ती वुदाहरुलाई निम्नानुसार ऊल्लेख गरिएको छ।

  • A full executive summary.
  • Personnel and employee expansion plan (including potential salaries, job descriptions and titles).
  • Market and industry analysis summary.
  • Marketing plan, including online and social media strategy.
  • Detailed job descriptions for key managers and employees.
  • Copy of Commercial Lease and Photographs of business premises.
  • Proof that the beneficiary has, or upon establishment will have, the qualifying relationship to the foreign employer and the qualifying position; and
  • The intended U.S. operation will be able to support the executive or managerial position showing on chart within one year of the approval of the petition.

९ंबिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा [email protected]/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ। ०

प्रतिक्रिया