मुलुकलाई प्रमुख हतियार आयातकको अवस्थाबाट मुक्ति दिलाउने मोदीको दृढता
बङ्गलौर, ६ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार मुलुकलाई विश्वको सबैभन्दा धेरै प्रतिरक्षा उपकरण खरिद गर्ने मुलुकको स्थानबाट मुक्ति दिलाउने दृढता व्यक्त गर्नुभएको छ । उहाँले यस दशकको अन्त्यसम्म भारतमा ७० प्रतिशतसम्म प्रतिरक्षा ‘हार्डवेयर’ उत्पादन गर्न चाहेको बताउनुभएको छ ।
प्रमुख उड्डयन उद्योग सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले सयौँ विदेशी तथा स्थानीय व्यापारीलाई आफ्नो सरकारले प्रतिरक्षा उपकरणको ठेक्का प्रदान गर्दा घरेलु संस्थालाई प्राथमिकता दिइने बताउनुभयो । यसले भारतको उत्पादन क्षेत्रलाई ठूलो बल प्रदान गर्ने बताइएको छ ।
भारतको दक्षिणी नगर बङ्गलौरमा हरेक दुई वर्षमा आयोजना गरिने ‘एरो इन्डिया’ नामक प्रदर्शनमा उहाँले भारत विश्वमा सबैभन्दा धेरै प्रतिरक्षा उपकरण आयात गर्ने मुलुक बनेको बताउनुभयो ।
उहाँले यो कुराले केही व्यापारीलाई खुसी पारे पनि आफूहरू विश्वमा सबैभन्दा धेरै प्रतिरक्षा उपकरण आयात गर्ने मुलुक बन्न नचाहेको बताउनुभयो ।
उहाँले भारतले प्रतिरक्षा खरिद नीतिमा सुधार गरिरहेको तथा मुलुकभित्र उत्पादन भएका उपकरण खरिदमा स्पष्ट रूपमा प्राथमिकता दिइने बताउनुभयो ।
भारत सबैभन्दा बढी प्रतिरक्षा उपकरण खरिद गर्ने मुलुक हो । हाल यो मुलुक आफ्नो पुरानो सैनिक ‘हार्डवेयर’ मा सुधार गर्न अरबौँ अमेरिकी डलर बराबर लगानी गर्ने चरणमा रहेको छ । यसैगरि यस मुलुकले हालै प्रतिरक्षाको क्षेत्रमा विदेशी लगानीको सीमा हटाएको थियो ।
उहाँको दक्षिणपन्थी सरकारले पूर्व मध्यबामपन्थी कङ्ग्रेस पार्टीको प्रशासनमा अवरुद्ध भएको प्रतिरक्षा उपकरण खरिदलाई अगाडि बढाउने दृढता व्यक्त गरेको छ । प्रधानमन्त्री मोदीले यस्तो कार्य भारतको प्रतिरक्षा उद्योगको लागतमा गर्न चाहनुभएको छैन ।
उहाँले आउँदो पाँच वर्षमा भारतले खरिद गर्ने ७० प्रतिशत प्रतिरक्षा उपकरण घरेलु रूपमा निर्मित हुनुपर्ने चाहना व्यक्त गर्नुभएको छ । हाल यो प्रतिशत ४० रहेको छ । यो भारतको अर्थतन्त्रका लागि प्रमुख सहयोग भएको ठानिएको छ ।
उहाँले बलियो प्रतिरक्षा उद्योग भएको मुलुक बढी सुरिक्षित हुने मात्र नभई त्यसले राम्रो आर्थिक फाइदा प्राप्त गर्नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री मोदीले आफूले विश्वव्यापी संस्थाहरूले भारतमा लगानी गरोस् भन्ने चाहेको बताउनुभयो ।
उहाँले भारतको नीति कम मूल्यका उत्पादन निर्यात गर्ने नभई प्राथमिकताको क्षेत्रमा आधुनिक प्रविधि तथा सीप भित्र्याउने रहेको बताउनुभयो ।
यस नगरको उत्तरी भागमा रहेको वायुसेनाको केन्द्रमा पाँच दिनसम्म चल्ने यस प्रदर्शनले उड्डयन तथा प्रतिरक्षा उपकरणका सयौँ व्यापारीलाई आकर्षण गरेको छ ।
फ्रान्सको राफेलले युद्धक विमान, ढुवानी तथा अन्य विमानलाई प्रदर्शनमा राखेको छ भने उसले हालसम्म रोकिएको र भारतलाई १२६ जेट विमान बिक्री गर्ने भनिएको १२ अर्ब अमेरिकी डलर बराबरको ठेक्कामा आफनो ध्यान लगाएको छ ।
प्रतिरक्षामन्त्री मनोहर पारिकरले आफूले सरकारको ठेक्का सम्झौता समितिबाट आउँदो महिनासम्म यस सम्झौता तथा लागतका विषयमा प्रतिवेदन मागेको जानकारी दिनुभएको छ ।
अमेरिकाको बोइङका साथमा अन्य ६४ कम्पनीले यस प्रदर्शनमा भाग लिएका छन् । यस मुलुकपछिको स्थान फ्रान्स, बेलायत, रसिया तथा इजरायलको रहेको छ ।
यसअधि परम्परागत रूपमा रसियाले भारतलाई सबैभन्दा बढी हतियार आपूर्ति गरेपनि सन् २०१३ मा यो स्थान अमेरिकाले लिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको गत महिना भएको भारत भ्रमणमा १० वर्षे प्रतिरक्षा संरचना सम्झौतालाई नवीकरण गरिएको थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया