लगानीको प्रबन्ध गरेर मात्र आयोजना अघि बढाउन समितिको निर्देशन
काठमाडौँ, ६ फागुन । व्यवस्थापिका–संसदअन्तर्गतको विकास समितिले पर्याप्त लगानीको उचित प्रबन्ध गरेर मात्र विकास आयोजना कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
समयमै आयोजनाहरु सम्पन्न नहुँदा लगानी बढ्दै जाने भएकाले पूर्व निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्न गराउन तथा आयोजना विकास सम्झौताका प्रावधानहरुलाई समसामयिक रुपमा परिमार्जन गर्दै लैजान समितिको आजको बैठकले सरकार तथा लगानी बोर्डलाई निर्देशन दिएको हो ।
समितिले राष्ट्रियस्तरका ठूला आयोजनाहरुमा देखिएका लगानीसम्बन्धी समस्याहरु समाधान गरी यस्ता आयोजनाहरुको पूर्व निर्धारित समयभित्रै कार्य सम्पन्न गर्न लगानी बोर्डले गरेका प्रयासहरु, हालसम्मको कार्य प्रगतिको अवस्थाका बारेमा लगानी बोर्डका पदाधिकारीहरुसँग छलफल गरेको थियो ।
बैठकले हचुवाको भरमा गरिने सम्भाव्यता अध्ययनभन्दा वास्तविकतामा आधारित भएर सम्भाव्यता अध्ययन गर्न, आयोजना निर्माणमा सम्वद्ध सबै पक्षहरुलाई ध्यान दिई वास्तविक लागत निकाल्न र सामाजिक लेखा परीक्षण गरेर आयोजना विकास सम्झौता तयार गर्नसमेत निर्देशन दिएको छ ।
समितिका सभापति रवीन्द्र अधिकारीले हाल कार्यान्वयनमा रहेका राष्ट्रिय महत्वका आयोजनालाई लगानीको अभाव हुन नदिन तथा वैदेशिक लगानीलाई आकर्षित गर्ने र नागरिक बढी लाभान्वित हुने खालका योजनाहरुको छनौट गर्न बोर्डलाई निर्देशन दिनुभयो ।
ठूला आयोजना अघि बढाउन तथा त्यसमा आवश्यकपर्ने निर्माण सामग्रीको उपलब्धता सकेसम्म देशभित्रै पूर्वाधारहरुको निर्माण गरी उत्पादन तथा प्रयोग गर्ने अवस्थाको सिर्जना गर्नसमेत लगानी बोर्डको समितिले ध्यानाकर्षण गराएको छ ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया