विराट गोल्डकप फुटबल: झापा ११ फाइनल प्रवेश
विराटनगर, ६ फागुन । यहाँ जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा झापा–११ फाइनलमा पुगेको छ ।
विराटनगरको सहिद मैदानमा आयोजित खेलमा झापा–११ ले आज जगदम्बा लुम्बिनी फुटवल क्लबलाई २–१ले पराजित गरी फाइनलमा पुगेको हो ।
पहिलो मध्यान्तरसम्म अत्यन्त प्रतिस्पर्धात्मक खेलका कारण कुनै पक्षबाट गोल हुन सकेको थिएन । दोस्रो मध्यान्तरमा खेल सुरु भएको तीन मिनेटमै झापा–११ का विशाल राई ‘ए’ ले पहिलो गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाए । दोस्रो मध्यान्तरको ३० औं मिनेटमा लुम्बिनी फुटवल क्लबका विश्वास श्रेष्ठले एक गोल गरी खेललाई बराबरीमा ल्याएका थिए ।
निर्धारित समयमा खेल बराबरी भएपछि थपिएको अतिरिक्त समयको १६औं मिनेटमा झापा–११ का विशाल राई ‘ए’ ले पुनः अर्को गोल गरी झापा– ११ लाई फाइनलमा पुर्याएका हुन् ।
जगदम्बा–लुम्बिनी फुटबल क्लबले पराजित भएपनि रु एक लाखको पुरस्कार प्राप्त गरेको छ । पहिलो पटक विराट गोल्डकपमा पहिलो चरणमा हार्नेलाई रु ३० हजार र दोस्रो चरणमा हार्नेलाई एक लाख पुरस्कारको व्यवस्था गरिएको छ ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया