एमाओवादी बहुपहिचानसहितको सङ्घीयताको पक्षमा: नेता श्रेष्ठ
इनरुवा, ६ फागुन । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु जातीय राज्यको पक्षमा नरहेको बताउनुभएको छ ।
नेपालमा कहीँकतै पनि एउटै जातिको बसोबास एकै स्थानमा नभएकाले बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय र बहुपहिचानसहितको सङ्घीयताको पक्षमा एमाओवादी रहेको प्रष्ट्याउनुभयो ।
इनरुवामा आज आयोजित ‘सङ्घीयता, शाासकीय स्वरुप र हाम्रो दायित्व’ विषयक अन्तरक्रियामा उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले)ले विगतमा गरेको सम्झौताको आधारमा सहमति नगरेको तथा सहमतिको नाटक मात्रै रचेको आरोप लगाउनुभयो ।
नेता श्रेष्ठले एमाओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली, प्रदेश विभाजन १० वा ११ वटा र संवैधानिक अदालतको पक्षमा रहेको बताउनुभयो । उहाँले बहुमतको बलमा काँग्रेस र एमालेले दुई पार्टीको संविधान ल्याए देश पुनः द्वन्द्वमा जाने जिकिर गर्नुभयो । जनयुद्ध र मधेस आन्दोलनको भावनालाई कुल्चेर कुनै पनि हालतमा नयाँ संविधान जारी हुन नसक्ने उहाँको भनाइ थियो ।
अन्तरक्रियामा राजनीतिक विश्लेषक डम्बर खतिवडा र भवानी बरालले सहमतिमा संविधान नल्याए दीर्घकालीन हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा सङ्घीयता, पहिचान र अधिकारका विषयमा सभासद् जाकीर हुसेन हक, अनिता परियार, मधेसी जनअधिकार फोरम नेपालका भगिरथ खत्वे, तमलोपाका सिएन पाठक, सद्भावनाका महिचन्द शाह, एमाओवादीका विश्व थारुलगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया