जनताको मतविपरीत संविधान बनाउने अधिकार कसैलाई छैन: सञ्चारमन्त्री
विराटनगर, ६ फागुन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सञ्चार क्षेत्रलाई अझ सबल बनाउनका लागि राष्ट्रिय आमसञ्चार नीति आवश्यक रहेको बताउनुभएको छ ।
सूचना विभागद्वारा आज विराटनगरमा आयोजित पत्रकार परिचयपत्र घुम्ती शिविर तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अभिव्यक्ति स्वतन्त्रतालाई अखण्ड राख्नका लागि पत्रकारको स्वतन्त्रता अति महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री डा रिजालले महिला पत्रकारलाई अझ बढी जोखिम रहेकाले यस विषयमा समाजको सोचाइमा परिवर्तन आवश्यक रहेको धारणा राख्नु भयो ।
उहाँले मुलुकमा लोकतन्त्र र गणतन्त्रको स्थापनालगायत यु्गान्तकारी परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै श्रमजीवी पत्रकारका लागि न्यूनतम पारिश्रमिक तथा निर्धारण समितिले काम गरिरहेको बताउनुभयो ।
उहाँले जनताको मतविपरीत संविधान बनाउने अधिकार कसैलाई नरहेकाले जनताको जनादेशलाई कदर गरी संविधान निर्माणमा जुट्न आग्रह गर्नुभयो ।
एमाओवादी र मधेसी दलहरुले सहमतिका लागि ढिलो गर्दा सहमतिको वातावरण बिथोलिन सक्ने भएकाले सहमतिका लागि विलम्ब नगर्न मन्त्री डा रिजालले सुझाव दिनुभयो । उहाँले बिपी र गिरिजाबाबुको चर्चा गर्ने, शान्ति सम्झौताको कुरा उठाउने तर गिरिजाबावुले दिनुभएको सन्देशलाई आत्मसात् नगर्ने प्रवृति देखिएकाले यस विषयमा एमाओवादी गम्भिर हुनु पर्छ भन्नु भयो ।
नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सूचना विभागका महानिर्देशक लक्ष्मी विलास कोइराला र पत्रकार मोरङका उपाध्यक्ष बन्धु पोखरेलले पनि प्रेसको भूमिका बारे प्रकाश पार्नु भएको थियो ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया