डिसी नेपाली समाजले शिव रात्री यसरी मनायो
फाल्गुन ७ ,डिसी
अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित डिसी नेपाली समाजले शिव रात्री मनाएको छ l भाषा र संस्कृतिको रक्षा गरौ भन्ने मूल नाराको साथ स्थापित उक्त संस्थाले हरेक बर्ष शिव रात्री मनाउदै आएको छ l
र ,यस बर्ष हिमपात र मौसम सुन्य तापक्रम भन्दा १० डिग्री मुनि तापक्रम भएकोले श्रद्धालुहरुको घुईचो बिगत बर्ष भन्दा पातलो रहेको संस्थाका पदाधिकारी दधि ढुंगानाले बताए l
गुरु राजेन्द्र प्रसाद खनालले पूर्ण विधिवत रुपमा पूजा अर्चना गरेका थिए भने भजन किर्तन गरिनुको साथै श्रद्धालुहरु भक्तजनहरुलाई प्रसाद वितरण गरिएको थियो l
शिव रात्रीको मनाउन डिसी महानगर क्षेत्र वर परका नेपाली समुदाय तथा संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो l
हाम्रा संस्कृतिलाई जगेर्ना गर्न डिसी नेपाल समाज सदैव तत्पर छ भन्दै यस बर्ष देखि यहि जन्मेका दोश्रो पुस्ताको लागि नेपाली भाषा कक्षा पनि संचालनमा ल्याईएको सचिब कमल पोख्रेलले बताए l
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया