दुर्घटनामा एकको मृत्यु
इनेप्लिज
२०७१ फागुन ६ गते १०:५१ मा प्रकाशित
काठमाडौँ, ६ फागुन । काठमाडौँ बबरमहलमा आज मध्याह्न मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्युभएको छ ।
मृत्यु हुनेमा सुनसरी जिल्ला, धरान नगरपालिकाका करिब २८ वर्षीय प्रवीण प्रधान रहेको प्रहरीले जनाएको छ ।
माइतीघरबाट नयाँबानेश्वरतर्फ गइरहेको बा २८ प २९४८ नं. पहेलो रङको टिभिएस् कम्पनीको मोटरसाइकल पछाडि बसी सवार भएका प्रधानको उपचारका लागि न्युरो अस्पताल अनामनगरमा पु¥याउने क्रममा अस्पताल पुग्नासाथ मृत्युभएको हो ।
नयाँबानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा १ प ११६६ नं को पर्यटक बस र उक्त मोटरसाइकल एक आपसमा दुर्घटना हुँदा निजको मृत्युभएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक धादिङ नौबिसे गाविस–३ का चालक राजीव अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया