सरसफाइ दूत धुर्मुस र सुन्तलीलाई बर्दियामा सम्मान
इनेप्लिज
२०७१ फागुन ६ गते १०:४९ मा प्रकाशित
बर्दिया (गुलरिया), ६ फागुन । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बर्दियाले आज हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सम्मान गरेको छ ।
आज गुलरियाको बर्दियामा मध्य–पश्चिम ओद्यौगिक व्यापार महोत्सवमा आफ्नो कला प्रदर्शन गर्न आएका कलाकारलाई बर्दियाका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले सम्मान गर्दै उहाँहरूको कला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चित होस्, अझै प्रगति होस् भनेर सम्मान गर्नुभयो ।
धुर्मुस र सुन्तली सरसफाइ दूत भएकाले जिल्ला सरसफाई तथा खानेपानी कार्यालयको जिल्ला संयोजक तथा स्थानीय विकास अधिकारी डिल्ली सिग्देलले सरसफाइलाई कलाक्षेत्रबाट पनि अघि बढाउन अनुरोधसमेत गर्नुभएको थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया