मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ००:३५
वासिङटन डिसी 14:50

चाँडो संविधान जारी हुनुपर्नेमा प्रधानमन्त्रीको जोड, भारत र चीन परराष्ट्र नीतिको प्राथमिकतामा

इनेप्लिज २०७१ फागुन ६ गते १०:४४ मा प्रकाशित

sushil koirala_20140503090322प्रधानमन्त्री सुशील कोइरालाले मुलुक सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीको ऐतिहासिक रुपान्तरणको चरणमा रहेको तथा लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न चाँडोभन्दा चाँडो संविधानसभाबाट संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्को ६७ औं वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले संविधान जारी भएसँगै विविध समुदाय, भाषा तथा संस्कृतिको पहिचान, समानता तथा समावेशितासम्बन्धी विषय सम्बोधन हुने बताउनुभयो ।

प्रतिक्रिया