एनआरएन अमेरिकाको तेश्रो साधारण सभा

इनेप्लिज २०७१ फागुन ६ गते ८:१० मा प्रकाशित

 

 

NRN Banner 3rd agmयही मार्च २१ र २२, २०१५ मा डब्बल ट्री हिल्टन होटेल, ८१२० विस्कन्सिन एभिन्यू , मेरिल्यान्ड २०८१४ मा हुन गैरहेको तेश्रो साधारण सभामा सहभागी भैदिनुहुन हुनको लागि सम्पूर्ण सदस्यज्युहरु, पत्रकार, संघसंस्था, ब्यापारी सबैमा हार्दिक निमन्त्रणा गरिएको छ। साधारण सभाकै संदर्भ पारेर आयोजना गरिएको खेल्कुद, सांस्कृतिक कार्यक्रम तथा बिशेष ब्यापारिक जमघटका साथ्मा मिडिया पार्टनरहरुको बिशेष पहलमा कार्यक्रमको प्रतक्ष प्रसारण समेत गरिने छ। अमेरिका समैजसो संचारकर्मीको उपस्थिती रहने उक्त कार्यक्रमको बिशेष आकर्षण नेपाली सिने जगतका महानायक राजेश हमालजीको पनि उपस्थिती र प्रस्तुति रहने कुरा कार्यक्रम संयोजक लोक तिवारीले बताउनुभएकोछ। कार्यक्रम सफल पार्नको लागि बिभिन्न उपसमितिहरु समेत् गठन गरिएको छ सो को बिस्त्रित विवरण छिट्टै हाम्रो अाधिकारीक वेबसाइटमा राखिनेछ।

कार्यक्रममा सहभागी हुनुहुने तपाईंहरु सबैको आफ्नो बसाइ सहज बनाउन र धेरै नेपालीहरुसँग भेट्घाट गर्नको लागि धेरै सुबिधा होस् भनेर सोही होटलमा आफ्नो रूम बूक गर्नको लागि बिशेष ब्यबस्था समेत् गरिएको छ। साथै साधारण सभामा उपस्थित हुनको लागि वेब्साइटमा गएर आफ्नो नाम समेत् दर्ता गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
दर्ताको लागि तलको लिंक पनि क्लिक गर्नुहोस्

https://www.nrnnccusa.org/agm2015/

धन्यवाद !

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

 

प्रतिक्रिया