श्रेष्ठको हत्या प्रयास
वीरेन्द्रनगर, ५ फागुन । वीरेन्द्रनगर–६ गणेशचोक निवासी कार्लमाक्स श्रेष्ठलाई हत्या गर्ने प्रयास गरिएको छ ।
वीरेन्द्रचोक नजिक आज बिहान ५ बजे मोटरसाइकलमा आएका तीनजनाको अज्ञात समूहले श्रेष्ठमाथि तरबार प्रहार गरी हत्याको प्रयास गरेका हुन् ।
मध्यपश्चिम बस यातायात व्यवसायी सङ्घमा एरिया इन्चार्ज पदमा कार्यरत श्रेष्ठ बिहानै कार्यालय जाँदै गर्दा चोकदेखि उत्तरतर्फ कुरेर बसेको समूहले श्रेष्ठमाथि तरबार प्रहार गरेको थियो । तरबारको प्रहारले श्रेष्ठको बायाँ हात चुँडिएको छ भने दुईवटै खुट्टामा गहिरो चोट लागेको छ ।
आक्रमण गर्नेलाई पक्राउ गर्न खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशलाल कर्णले खोजी कार्य जारी राखिएको र अझैसम्मशङ्कास्पद कोही पक्राउ नपरेको बताउनुभएको छ ।
आक्रमणपछि घाइते भएका श्रेष्ठलाई उपचार लागि काठमाडौं लगिएको छ ।
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया