शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ००:२५
वासिङटन डिसी 14:40

राष्ट्रपतिको पशुपतिनाथसँग प्रार्थना: दलीय सहमतिमा चाँडो संविधान आओस्

इनेप्लिज २०७१ फागुन ५ गते १४:५१ मा प्रकाशित

Rambaranकाठमाडौंँ, ५ फागुन । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलबीचको सहमतिमा देशमा चाँडै संविधान जारी होस भन्ने कामना गर्नुभएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनपछि पत्रकारको जिज्ञासामा उहाँले आफूले दलीय सहमतिमा मुलुकमा शीघ्र संविधान बनेर राष्ट्र प्रगतिको मार्गमा अग्रसर होस ्भन्ने प्रार्थना पशुपतिनाथसँग गरेको बताउनुभयो । दलबीच चाँडो संवाद सुरु हुनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले संविधानसभामा प्रतिनिधित्व गरेका र बाहिर रहेका सबै राजनीतिक दलबीच मेलमिलाप भएमा संविधान निर्माण गर्न कठिन नहुने बताउनुभयो ।

धार्मिक सहिष्णुताको पर्वका रुपमा देशभरका शिवालयमा पूजाआराधनाका साथ समेत मनाइने महाशिवरात्रिमा राष्ट्राध्यक्षबाट आराध्यदेव पशुपतिनाथको पूजा गरिने प्राचीन परम्परा छ । दर्शनका लािग राष्ट्रपति डा यादव पशुपतिनाथ मन्दिर परिसर पुग्दा उहाँलाई महाशिवरात्रि मूल आयोजक समितिका साथै पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया