शान्ति सम्झौताको रक्षाका लागि आन्दोलनमा जानु परेको एमाओवादी जिकिर
काठमाडौँ, ५ फागुन । एकीकृत नेकपा(माओवादी)ले विस्तृत शान्ति सम्झौताको रक्षा र अन्तरिम संविधानको मूल मर्मलाई कायम राख्न जनपरिचालनसहितको आन्दोलनको जरुरत परेको बताएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज काठमाडौँस्थित विदेशी सञ्चार माध्यमका प्रतिनिधिसँगको छलफलमा सो पार्टीले सहमतिका आधारमा संविधान जारी नहुने र शान्ति सम्झौतासमेत धरापमा परेकाले सङ्घर्षमा जानु परेको बताएको हो ।
संविधान निर्माण प्रक्रिया बहुमत र अल्पमतको खेल नभएकाले आफ्नो पार्टीले विगतका सम्झौता र सहमतिलाई केन्द्रबिन्दुमा राखेर सहमतिका आधारमा नै संविधान जारी गर्न दबाब दिने उद्देश्यले सङ्घर्षका कार्यक्रमलाई अगाडि बढाएको जानकारी गराएको थियो ।
सो अवसरमा एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले सत्तारुढ दलले पूर्व सहमतिलाई अक्षरशः कार्यान्वयन गरेर सबै पक्षलाई मिलाएर संविधान जारी गर्ने वातावरण बनाए आफूहरु संवादका लागि तयार रहेको बताउनुभएको थियो ।
शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ताको हैसियतले नयाँ संविधानमा एमाओवादीको भूमिका अहम् हुने भएपनि नेपाली काँग्रेस र नेकपा(एमाले)को भूमिका जर्बजस्ती गर्नेतर्फ केन्द्रित भएका कारण बाध्य भएर सडक सङ्घर्षमा जानु परेको प्रवक्ता शर्माको भनाइ थियो ।
एमाओवादीका नेता लीलामणि पोखरेलले सडक सङ्घर्ष एमाओवादीको लागि रहर नभएर बाध्यता भएको बताउनुभएको थियो । विगतका सहमति तथा सम्झौताको रक्षा गर्दै शान्ति सम्झौता र अन्तरिम संविधानको भावनालाई कायम राख्न सङ्घर्षमा केन्द्रित भएको उहाँले उल्लेख गर्नुभयो ।
यहाँस्थित विदेशी सञ्चार माध्यमका प्रतिनिधिले संविधान निर्माण प्रक्रिया, एमाओवादीको भूमिका र आगामी योजनाका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा अलजजिरा, एपी, एफपी, क्योदो, पिटिआई, हिन्दूस्तान टाइम्स्, सिएनएन, बिबिसीलगायत विदेशी सञ्चार माध्यमका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी क्रान्तिकारी पत्रकार सङ्घका संयोजक गोविन्द आचार्यले संविधान निर्माण प्रक्रिया, सत्तारुढ दलको व्यवहार, एमाओवादीको संविधान लेखनप्रति हालको धारणालगायत विषयमा जानकारी गराइएको बताउनुभयो ।
न्युयोर्कको म्यानह्याटनमा गोली हानी ३६ बर्षिय मानिसको हत्या
भर्जिनियामा ५ बर्षिय बालक अपहरणमा परेपछि प्रहरीद्वारा एम्बर सतर्कता जारी
अमेरिकामा एकैदिनमा १ लाख ३७ हजार कोरोनाबाट सक्रमित,१ हजार ३ सयको मृत्यु
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रतिक्रिया