सप्तरीमा ग्यासको कालाबजारी
इनेप्लिज
२०७१ फागुन ५ गते २:५४ मा प्रकाशित
सप्तरी, ५ फागुन । जिल्लामा खान पकाउने ग्यासको अभाव देखाउँदै ग्यास बिक्रेताले ग्यास बिक्री वितरणमा कालाबजारी गरिरहेको गुनासो पाइएको छ ।
विगत तीन महिनादेखि ग्यास अभाव भएपछि उपभोक्ताले खाना पकाउन दाउरा र मट्टितेलले बालेर खाना पकाउने गरेका छन् । साथै सप्तरीमा ग्यास अभाव देखाउँदै चिया पसल र होटल व्यवसायीले महँगो मूल्यमा ग्यास सिलिन्डर खरिद गर्नुुपर्ने बाध्यता रहेको बताउँछन् ।
सप्तरीको राजविराज नगरपालिकासहित जिल्लाको ग्रामीण क्षेत्रमा दैनिक करिब दुई हजार ग्यास सिलिन्डर आवश्यक रहेको तर ग्यास उद्योगले ग्यास उपलब्ध नगराउँदा खाना पकाउन समस्या देखिएको छ ।
सप्तरीमा कोसी, मनोज, प्रिमा, सुविधा, रिजाललगायत ग्यासको ग्यास सिलिन्डर बिक्री वितरण हुने गरेको छ । यता नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयका अनुसार ग्यासको समस्या बिस्तारै हट्दै गएको छ ।
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
प्रतिक्रिया