मौसम परिवर्तनले विश्वको खाद्य उत्पादनलाई प्रभाव पार्यो: वैज्ञानिक
सान होजे, (अमेरिका), ४ फागुन । बढ्दो मौसम परिवर्तन तथा कृषि उत्पादनमा त्यसको प्रभावका कारण आउँदो दशकमा विश्वको बढ्दो जनसङ्ख्यालाई खुवाउन गहन सामाजिक परिवर्तन आवश्यक पर्ने धारणा अनुसन्धानकर्ताहरूले विज्ञानसम्बन्धी एक सम्मेलनमा व्यक्त गरेका छन् ।
हाल विश्वमा सात अर्ब जनसङ्ख्या भएकोमा आउँदो ३५ वर्षमा अर्थात सन् २०५० मा विश्वका नौ अर्ब जनसङ्ख्यालाई खुवाउन खाद्यान्न उत्पादन दोब्बर हुनुपर्ने वैज्ञानिकहरूले बताएका छन् ।
कृषि तथा वातावरणका लागि राष्ट्रिय प्रयोगशालाका निर्देशक जेरी हार्टफिल्डले विश्वका जनसङ्ख्यालाई खुवाउन मौसममा न्यूनतम प्रभाव रहने गरी परिवर्तन गर्नु आवश्यक भएको बताउनुभयो ।
वर्षामा अस्थिरता, बढ्दो सुखापना तथा बढ्दो तापक्रमले बाली उत्पादनमा प्रभाव पार्ने र यसको अर्थ यी प्रभावलाई रोक्न रोक्न पाइला लिइनुपर्ने उहाँले बताउनुभयो ।
अमेरिकन एसोसिएसन फर दी एडभान्समेन्ट अफ साइन्सको वार्षिक बैठकमा आइतबार उहाँले उक्त कुरा बताउनुभएको हो ।
उहाँले सन् २००० देखि २०५० को उत्पादनलाई हेर्दा गत ५०० वर्षमा पृथ्वीका जनताले उत्पादन गरे जस्तै उत्पादन हुनुपर्ने देखिएको बताउनुभयो ।
उहाँले विश्वव्यापी रूपमा भूमिको उपयोग स्तर तथा उत्पादकत्वले निरन्तर रूपमा माटोलाई खराब बनाउने बताउनुभयो ।
मध्यपूर्वमा भविष्यको प्रक्षेपणमा तापक्रममा वृद्धि हुने कुरामा आफूहरू विश्वस्त भएको अमेरिकी राष्ट्रिय सामुद्रिक तथा मौसम प्रशासनका मौसमविद् केनेथ कुन्देलले बताउनुभयो ।
केनेथले अमेरिकी मध्यपश्चिममा मकै खेतीमा विश्वव्यापी तापक्रम बढ्ने कार्यको प्रभावका विषयमा अध्ययन गर्नुभएको छ । यहाँ सुखा नै खाद्यान्न सुरक्षाको सबैभन्दा ठूलो प्रभाव पार्ने विषय रहेको छ ।
वैज्ञानिकहरूले २१ औँ शताब्दीमा यस क्षेत्रले सुखा व्यहोर्नुपर्ने हुनसक्ने बताउनुभयो । गत सहस्राब्दीमा विश्वले बसोबासमा चुनौती भागेको थियो । सम्मेलन क्यालिफोर्नियाको सान होसे आयोजना भएको हो ।
मिनसोटा विश्वविद्यालयका कृषि विशेषज्ञ जेम्स जर्बरले उपभोगमा खेर जाने कुरा कम गर्नु तथा रातो मासु उपभोग गर्ने काम घटाउँदा सहयोग गर्नसक्ने बताउनुभयो ।
रातो मासुका लागि पालिने जनावरको सङ्ख्या कम गर्दा उनीहरूले वातावरणमा पार्ने प्रभाव घटाउन सकिने र त्यसले मिथेनको उत्पादनमा पनि कमी ल्याउनसक्ने अनुमान गरिएको छ ।
जर्बरले वैज्ञानिकहरूले केही चिन्ताजनक प्रवृत्ति देखेको बताउनुभयो । उहाँले विश्वको खाद्यान्न जगेडा घटिरहेको उल्लेख गर्नुभयो । उहाँले यसले महत्वपूर्ण सुरक्षा अवस्था सिर्जना गर्ने बताउनुभयो ।
विश्वव्यापी तापक्रम बढ्ने कुराको नराम्रो प्रभाव पार्ने स्थानमा अधिक खाद्यान्न उतपादन भएकोमा उहाँले ठूलो चिन्ता व्यक्त गर्नुभयो ।
स्ट्यान्डफोर्ड विश्वविद्यालयको सेन्टर फर कन्जरभेसन बायोलोजी अध्यक्ष पल एरलिचले यी समस्याले सम्पूर्ण विश्वमा सामाजिक तथा सांस्कृतिक परिवर्तन आवश्यक देखिएको बताउनुभयो ।
उहाँले यस्तो समस्या समाधान गर्न हजार वर्ष बाँकी रहे सजिलो हुने तर करिब १० देखि २० वर्षको अवधिमा यी समस्या सामाधान गर्नुपर्ने बताउनुभयो ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
प्रतिक्रिया