आगामी चार महिनाभित्रै संविधान: मन्त्री गौतम
त्रिशूली(नुवाकोट), ४ फागुन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आगामी चार महिनाभित्र जुनसुकै अवस्थामा पनि संविधान जारी हुने बताउनुभएको छ ।
आज जिल्लाको राउतबेसीस्थित दुप्चेश्वरमा आयोजित हिरारत्न हाइड्रोपावर प्रालिको विशेष साधारणसभाको उद्घाटन गर्दै उहाँले एकीकृत माओवादी नेतृत्वको गठबन्धनले भनेको कुरामा सहमति नभएमा पनि चाहिने आवश्यक मतका साथ आगामी चार महिनाभित्र संविधान जारी हुने बताउनुभयो ।
नेकपा (एमाले)का उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री गौतमले एमाओवादीले भनेको आन्दोलनमा जनताले साथ नदिने र आन्दोलनबाट कुनै निकास पनि ननिस्कने दाबी गर्नुभयो । ‘निउ खोजेर राजनीतिक समस्या सिर्जनाहरू पाखा लाग्छन् । हामीलाई यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ भन्दै बन्दुक लिएर जानेहरूले विचार गर्नुपर्छ अब बन्दुक पड्काउन जनताले साथ दिने छैनन्’ उपप्रधानमन्त्री गौतमले भन्नुभयो ।
उहाँले विद्युत् उत्पादनलाई प्राथमिकतामा राखेर देशलाई समृद्धयात्रामा हिँडाउन सबै नागरिकले साथ दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मुलुकलाई सधैँ राजनीतिक अस्थिरतामा राख्न नहुने र अब राजनीतिक समस्या समाधान गरी विकासको बाटोमा सबै दल लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस जिल्ला सभापति तथा सभासद् जगदिश्वरनरसिंह केसीले दुप्चेश्वर मन्दिरलाई अझै विकास गर्दै हाइड्रोपावरलाई निर्माण गर्ने गरी मध्यममार्गी बाटो अपनाउनुपर्ने बताउनुभयो ।
एमाओवादीका नेता हितबहादुर तामाङले स्थानीयको आवश्यकतालाई सम्बोधन गरेर हाइड्रोपावरलाई निर्माण गर्ने वातावरण स्थानीयले बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी स्थानीयले दुप्चेश्वर मन्दिरको महत्वलाई कायम राख्नका लागि खोलामा २५ प्रतिशत पानी छोड्ने लिखित सहमति गरेर हाइड्रोपावरलाई निर्माण गर्न दिनुपर्ने बताएका थिए ।
हिरारत्न हाइड्रोपावरले शिखरबेसी र समुन्द्रटारमा तादीखोलामा पाँच मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नका लागि काम अघि बढाएको हो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया