विराट गोल्डकप: झापा–११ सेमिफाइनलमा
इनेप्लिज
२०७१ फागुन ४ गते १५:५५ मा प्रकाशित
विराटनगर, ४ फागुन । सहिद मैदानमा सञ्चालित विराट गोल्डकप फुटबल प्रतियोगितामा झापा–११ नेपाल पुलिस क्लबलाई टाइबे्रकरमा ४–२ले पराजित गरी सेमिफाइनलमा पुगेको छ ।
खेल सुरु भएको ६ मिनेटमा नै झापा–११ का योगेश गुरुङले पहिलो गोल गरेका थिए । तर १३ मिनेटमै नेपाल पुलिस क्लबका जुमानु राईले एक गोल फर्काएर बराबरी गरेका थिए । दोस्रो हाफको १७ औंँ मिनेटमा झापा–११का योगेश गुरुङले थप एक गोल गरे पनि दोस्रो हाफको अन्तिम समयको ४५औँ मिनेटमा पुलिस क्लबका मानबहादुर परियारले अर्को गोल थपेर बराबरी गरेका थिए ।
निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समय थपिए पनि कुनै टोलीबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट झापा–११ विजयी भएको हो ।
यही फागुन ९ गतेसम्म हुने सो प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र जगदम्बा लुम्बिनी फुटबल क्लब यसअघि नै पुगिसकेका छन् ।
ट्रम्प उडे फ्लोरिडा,मेरील्याण्डबाट दिए अन्तिम मन्तव्य
ट्रम्प व्हाइट हाउस छोड्दै ,बाइडेन ४६ औ राष्ट्रपतिको सपथ लिदै
कमला ह्यारिसले एएपिआईका समर्थकहरू दिईन धन्यवाद
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
प्रतिक्रिया