तत्काल सम्वाद सुरु गर्न सभाध्यक्ष नेम्वाङको आग्रह
काठमाडौँ, ४ फागुन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि तत्काल सम्वाद सुरु गर्न आन्दोलनरत दलका सचेतकहरूलाई आग्रह गर्नुभएको छ ।
सभाध्यक्ष नेम्वाङको कार्यकक्ष सिंहदरबारमा आज एकीकृत नेकपा(माओवादी) र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का प्रमुख सचेतकसँगको छलफलमा उहाँले सो आग्रह गर्नुभएको हो ।
वार्ता र सम्वादको माध्यमबाटै अगाडि बढ्न आग्रह गर्दै उहाँले सबै दलको सहमतिमा नै संविधान जारी हुने भएकाले तत्काल पहल गर्न सचेकतद्वयलाई ध्यानाकर्षण गराउनुभएको हो ।
सो अवसरमा प्रमुख दलबीच वार्ता र सम्वादको प्रक्रिया कसरी सुरु गर्ने विषयमा छलफल भएको बुझिइएको छ । दलहरूबीच सम्वादको क्रम सुरु होस् भनेर नै संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको भन्दै सभाध्यक्ष नेम्वाङले आफूले सत्तारुढ दललाई पनि तत्काल औपचारिक सम्वाद सुरु गर्न ध्यानाकर्षण गराएको जानकारी गराउनुभयो ।
सो क्रममा एमाओवादी र फोरम लोकतान्त्रिकका प्रमुख सचेतकले सहमतिको आधारमा संविधान जारी हुने वातावरण बने आफूहरू वार्ताका लागि तयार रहेको जानकारी गराउनुभएको थियो । भेटका बारेमा जानकारी दिँदै फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले प्रधानमन्त्रीले वार्ताका लागि गरेको आह्वान सकारात्मक भएपनि विश्वास गर्ने आधार नभएकाले पुनः सार्वजनिक आह्वान हुनुपर्नेमा जोड दिइएको बताउनुभयो ।
सत्तारुढ दलका तर्फबाट सहमतिका आधारमा संविधान जारी गर्ने सुनिश्चितता नहुन्जेलसम्म वार्तामा बस्न नसकिने आफूहरूले सभाध्यक्षलाई ध्यानाकर्षण गराएको चौधरीले जानकारी दिनुभयो ।
सभाध्यक्ष नेम्वाङले आफूले प्रधानमन्त्री र नेकपा(एमाले)का अध्यक्षसँग सम्वादको लागि पहल गर्ने वचन दिनुभयो । सचेतकद्वयले संविधानसभाको अध्यक्षको भूमिका निष्पक्ष भएपनि गत माघ ११ गतेको घटनापछि त्यो भूमिकामा अविश्वास पैदा भएकामा समेत ध्यानाकर्षण गराउनुभएको थियो ।
सभाध्यक्ष नेम्वाङले भने सहमतिका लागि आफूले पहल सुरु गरिसकेको र सत्तारुढ दललाई समेत सहमतिका लागि ध्यानाकर्षण गराउने वचन दिनुभएको चौधरीले जानकारी दिनुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया