महिला राष्ट्रिय क्रिकेटः जनकपुर र सशस्त्रको जित
काठमाडौँ, ४ फागुन । महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पुल्चोक इन्जिनियरिङ मैदानमा भएकोे खेलमा क्षेत्र नं ७ जनकपुरले क्षेत्र नं ९ धनगढीमाथि १० विकेटले विजय हासिल गरेको छ ।
जितसँगै जनकपुर समूह बीको पहिलो स्थानमा कायम रहन सफल भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले ३१ ओभरमै सबै विकेट गुमाउँदै ७० रन मात्रै जोडेको थियो । धनगढीलाई सस्तैमा समेट्ने क्रममा जनकपुरकी सरस्वती चौधरीले पाँच विकेट लिइन् भने सन्तोषी चौधरी र शान्ति चौधरीले समान दुई दुई विकेट र कविता गौतमले एक विकेट लिए ।
एकहत्तर रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गर्न आएको जनकपुरले ११.२ ओभरमै बिनाविकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । अविजित रहँदै जनकपुरका दुई व्याट्सम्यान अनुराधा चौधरीले २९ र शोभा आलेले २७ रन बनाउँदै जित हासिल गरे । धनगढीका लागि विमला भट्टले १५ र कविता जोशीले १२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् ।
त्यस्तै कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली एपिएफले क्षेत्र नं ६ बैतडीमाथि दुई विकेटको जित निकाल्यो । सो जितले एपिएफलाई समूह एको अग्रस्थानमा रहिरहनबाट कसैले रोक्न सकेन र ऊ सेमिफाइनलमा पुग्यो भने खेलमा हारे पनि बैतडी समूहको उपविजेता बन्दै सेमिफाइनलमा गयो ।
टस जितेर पहिले ब्याटिङ गरेको बैतडीले ३५.५ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो । यसलाई सस्तैमा समेट्ने क्रममा सशस्त्रकी विनु बुढा मगरले दुई तथा सीता राना मगर, रितु कनोजिया, रुविना क्षेत्री र सरिता मगरले एक एक विकेट लिएका थिए ।
बयानब्बे रनको लक्ष्यका साथ मैदानमा प्रवेश गरेको एपिएफले २६.२ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उसको जितमा सीताले ३८, ज्योति पाण्डेले २०, विनुले नौ, सरिताले पाँच र निमा तामाङले अविजित चार रनको योगदान दिएका थिए ।
प्रतियोगिताअन्तर्गत मङ्गलबारका खेल क्षेत्र नं ७ जनकपुर र क्षेत्र नं ५ नेपालगन्जबीच कीर्तिपुर मैदानमा तथा क्षेत्र नं १ विराटनगर र क्षेत्र नं ३ काठमाडौंँबीच पुल्चोक मैदानमा हुनेछन् ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया