दुईवटा उद्योगमा आगलागी, पचहत्तर लाख बराबरको क्षति
भक्तपुर, ४ फागुन । मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीस्थित दुईवटा उद्योगमा गएराति भीषण आगलागी हुँदा रु ७५ लाख बराबरको क्षति भएको छ ।
लोकन्थलीको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँगै रहेको उप्रेती कटन इन्डस्ट्रिज र गणेश कपास उद्योगमा एकैपटक आगलागी भएको हो । आगलागीबाट दुईवटै उद्योगको ६ वटा मेसिन, लाखौं बराबरको कपास, फर्निचर र विभिन्न सामान गरी रु ७५ लाख बराबरको क्षति भएको दुईवटै उद्योगका सञ्चालक दोलखा पोवटी–५ घर भई लोकन्थली बस्ने बलराम उप्रेतीले जानकारी दिनुभयो ।
दिउँसो विद्युत्भार कटौतीले गर्दा विद्युत् नहुने भएकाले राति विद्युत् आएको बेलामा काम गर्दै आएको उद्योगमा राति २ बजे अचानक विद्युत् सर्ट भएर आगलागी भएको उहाँले बताउनुभयो । आगलागीले प्रत्यक्ष रुपमा ३५ र अप्रत्यक्ष्य रुपमा २०० मजदुरको रोजीरोटी खोसिएको छ । आगलागीबाट दुईवटै कारखानाको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली तथा प्रहरी, काठमाण्डौ र ललितपुरका ६ वटा दमकलले बिहान ५ बजे आगो नियन्त्रणमा लिएको थियो ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
प्रतिक्रिया