कृषि विकास बैंकको ऋण नतिर्नेमा सभासददेखि उद्योगीसम्म
वीरगन्ज (पर्सा), ४ फागुन । कृषि विकास बैंक वीरगन्ज शाखाबाट कर्जा लिएर नतिर्नेको सूचीमा सभासद्देखि ठूला उद्योगीसम्म रहेका छन् ।
वीरगन्ज क्षेत्रमा राजनीति गर्ने सभासद्देखि यहाँका ठूला घरानाका उद्यमीसमेत रहेको जिल्ला कृषि विकास बैंक वीरगन्ज पर्साले जनाएको छ । विशेषगरी बेला–बेलामा सरकारले कृषि बैंकबाट लिइएको ऋण मिनाहा गर्ने गरेका कारण कुनै समयमा फेरि ऋण मिनाहा हुन्छ कि भन्ने आश र लोभका कारण लिएको कर्जासमेत उनीहरुले चुक्ता गर्न आलटाल गरिरहेको कृषि बैंकका कर्मचारीले बताएका छन् ।
बैंकका शाखा प्रबन्धक पदम गौतमका अनुसार कर्जा रकम लिनेका पर्सा क्षेत्र नम्बर २ का सभासद् विचारी यादव र बारा क्षेत्र नम्बर ४ का सभासद् नजमा खातुन रहेकी छिन् । यद्यपि ऋण खातुनले नभई उनका पति महमुद आलमले लिएको भए पनि उनको हत्या भएका कारण ऋण चुक्ता गर्ने अभिभारा सभासद् खातुनको थाप्लोमा आएको हो । सभासद् भन्दैमा आफूहरुले कर्जा लिन छाड्न नमिल्ने तर्क शाखा प्रमुख गौतमको छ । उनले सभासद् यादवको नाउँमा साँवा १६ लाख ४९ हजार १७६ रुपैयाँ रहेको र ब्याज ३४ लाख ४६ हजार ५१४ रुपैयाँ रहेको जानकारी दिनुभयो ।
यसरी नै सभसाद् खातुनले साँवा १० लाख र ब्याज ५८ लाख गरी ६८ लाख रुपैयाँ आफूहरुलाई बुझाउन बाँकी रहेको गौतमले जानकारी दिनुभयो । यसरी नै वीरगन्जका विभिन्न प्लास्टिक उद्योग र विभिन्न प्रकारका अन्य उद्योगले साँवा लिएर र ब्याज नतिरेको कृषि विकास बैंकले जनाएको छ । बैंकले विभिन्न व्यक्ति तथा संस्थाबाट चार करोड ब्याज र आठ करोड ६८ लाख साँवा असुली गर्न बाँकी रहेको बैंकले जनाएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया