वार्तामा नबस्ने गच्छदारको भनाइ
जनकपुर, ३ फागुन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षले विश्वस्त नपारेसम्म ३० दलीय मोर्चा वार्तामा नबस्ने अडानलाई दोह¥याउनुभएको छ ।
आइतबार फोरम लोकतानित्रक धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले सत्तापक्षले बहुमतको आडमा विगतमा भएका विभिन्न सम्झौता र सहमतिलाई उल्टाएर संविधान निर्माण गर्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “सहमतिबिना संविधान निर्माण हुन सक्दैन, भए पनि त्यो टिकाउ हँुदैन, त्यसकारण सहमति नै समस्याको समाधान हो ।”
सत्तापक्षले एकतर्फी रुपमा संविधान निर्माण प्रक्रिया अघि बढाएर मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको उहाँको भनाइ थियो । “मैले आफ्नो राजनीतिक अनुभव, चिन्तन र विवेकका आधारमा मुलुकलाई द्वन्द्वबाट जोगाउन मध्यमार्गी प्रस्ताव ल्याएको थिएँ” – उहाँले भन्नुभयो ।
माघ ८ पछि आफ्नै प्रस्तावमा केन्द्रित भएर दलहरुले आन्तरिक छलफल र बहस गरिरहेको उहाँको दाबी थियो ।
ट्रम्प उडे फ्लोरिडा,मेरील्याण्डबाट दिए अन्तिम मन्तव्य
ट्रम्प व्हाइट हाउस छोड्दै ,बाइडेन ४६ औ राष्ट्रपतिको सपथ लिदै
कमला ह्यारिसले एएपिआईका समर्थकहरू दिईन धन्यवाद
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
प्रतिक्रिया