स्वीस बैंकमा राखिएको नेपालीको साढे पाँच अर्बबारे अनुसन्धान गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ, ३ फागुन । व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थ समितिले स्विट्जरल्यान्डको एचएसबिसीे बैंकमा रहेको रु साढे पाँच अर्बबारे तत्काल अनुसन्धान थाल्न सम्बद्ध सरकारी निकायलाई निर्देशन दिएको छ ।
समितिका सभापति प्रकाश ज्वालाको अध्यक्षतामा आज भएको बैठकले उक्त रकमबारे छानबिन गरी वास्तविकता सार्वजनिक गर्न तथा खातावाललाई कानुनको दायरामा ल्याउन निर्देशन दिएको हो ।
स्विट्जरल्यान्ड र आवश्यकताअनुसार कुनै पनि देशमा सञ्चालन भएका त्यस्ता गोप्य खाता तथा अन्य विषयमा सूचना प्राप्त गर्न सम्बन्धित मुलुकसँग पारस्परिक कानुनी सहायता सम्झौता गर्नेसम्बन्धी प्रक्रिया अघि बढाउन पनि समितिले निर्देशन दिएको सभापति ज्वालाले राससलाई जानकारी दिनुभयो ।
त्यसैगरी कुनै पनि नेपाली नागरिकले विदेशमा खाता सञ्चालन गर्ने तथा स्वदेश फर्केपछि पनि विदेशी विनिमयमा सोही प्रकृतिको खाता खोल्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न तथा त्यसबारेमा समितिलाई शीघ्र जानकारी दिन आजैको बैठकले निर्देशन दिएको उहाँले बताउनुभयो ।
बैठकले विदेशी लगानी प्राप्त हुँदा कुन उद्योग, त्यसको सञ्चालनको अद्यावधिक अवस्थाका साथै सम्पूर्ण विवरण उद्योग विभाग र सम्बन्धित निकायले समितिका साथै सर्वसाधारणलाई जानकारी गराउन निर्देशन दिएको छ ।
नेपालीले स्वीस बैंकमा राखेको कालोधनबारे त्यसअघि समितिमा नेपाल राष्ट्र बैङ्कका गभर्नर युवराज खतिवडा, अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक केवलप्रसाद भण्डारीले यकिनका साथ उक्त रकम अवैधानिक भन्न नमिल्ने स्पष्ट गर्दै त्यस सम्बन्धमा प्रारम्भिक अनुसन्धान प्रारम्भ गरिएको जानकारी दिनुभएको थियो ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया