सोमबार, कार्तिक ८ २०७८
काठमाडौं १२:१३
वासिङटन डिसी 02:28

वार्ताको वातावरण बन्दैछ – नेता देउवा

इनेप्लिज २०७१ फागुन ३ गते ७:४४ मा प्रकाशित

deubaभद्रपुर, ३ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली जनताको चाहनाअनुसारकै लोकतान्त्रिक संविधान आउने बताउनुभएको छ ।

झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग आज सङ्क्षिप्त कुराकानी गर्दै उहाँले संविधानजस्तो महत्वपूर्ण विषयमा सबैलाई सहमति बनाउने प्रयास जारी रहेको उल्लेख गर्नु भयो ।

संविधानसभामा प्रतिपक्षका भूमिकामा रहेका एकीकृत नेकपा (माओवादी) सहितको मोर्चासँग सहमतिका लागि वार्ता गर्न वातावरण बनिरहेको वरिष्ठ नेता देउवाले जानकारी दिनु भयो ।

प्रतिक्रिया