पाँचबुँदे, बाह्रबुँदे र अन्तरिम संविधानलाई टेकेर सहमति गर्नुपर्छः गच्छदार
गौशाला, ३ फागुन । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सर्वपक्षीय संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको विकल्प नरहेको बताउनुभएको छ ।
गए राति महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता गच्छदारले नयाँ संविधान मधेसी, आदिवासी जनजाति, महिला, मुसलमान, पिछडिएको क्षेत्र तथा हरेक वर्ग र समुदायका अधिकारको सम्बोधन गर्ने खालका बनाउने लक्ष्य रहेकाले त्यसका लागि राष्ट्रिय सहमति अपरिहार्य छ भन्नुभयो ।
उहाँले काँग्रेस र नेकपा (एमाले)ले विगतमा भएका पाँचबुँदे, बाह्रबुँदे र अन्तरिम संविधानलाई टेकेर सहमति र सहकार्यको बाटो अवलम्बन गरेर जाँदा देश, जनताले चाँडै संविधान पाउने तथा देशमा राजनीतिक, आर्थिक, समाजिक स्थिरता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा नेत्री विभा झाको नेतृत्वमा ४० र रामसपाका पूर्वजिल्ला अध्यक्ष मुजिम राइनका नेतृत्वमा २५ नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी फोरम (लोकतान्त्रिक) मा प्रवेश गरेका थिए ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया