शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०९:१८
वासिङटन डिसी 23:33

दोस्रो पटक मुख्यमन्त्री सपथग्रहण

इनेप्लिज २०७१ फागुन २ गते १५:०९ मा प्रकाशित

timthumb.phpनयाँ दिल्ली, २ फागुन । भारतका आम आदमी पार्टीका प्रमुख अरविन्द केजरिवालले शनिबार मुख्यमन्त्रीको सपथग्रहण गर्नुभएको छ

गत शनिबार सम्पन्न भएको नयाँ दिल्ली राज्यको विधानसभाको निर्वाचनमा उहाँको दल आम आदमीले ७० मा ६७ स्थानमा विजय हासिल गरेको थियो ।

उहाँ दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको हो । गत वर्षपनि उहाँको दलले नयाँ दिल्लीमा सरकार बनाएको थियो र त्यस समयमा उहाँले आफूले गर्न चाहेको काम गर्न नसकेको भन्दै ४९ दिनपछि राजिनामा दिनुभएको थियो ।

नयाँ दिल्लीको रामलिला मैदानमा ४६ बर्षीय केजरिवालले खुलारुपमा नै सपथ ग्रहण गर्नु भएको छ । उहाँले गतवर्ष पनि सोही मैदानमा जनताका सामु नै सपथ लिनुभएको थियो ।

सपथपछि केजरीवालले दिल्लीलाई भारतको पहिलो भ्रष्टाचार मुक्त राज्य बनाइने बचन दिनु भएको छ । सञ्चारमाध्यमहरुका अनुसार उहाँको सपथग्रहण समारोहमा अशङ्ख्य सङ्ख्यामा नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया