संविधान निर्माणमा कसैले अवरोध गर्न सक्दैन: प्रधानमन्त्री कोइराला
प्यूठान, २ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताले लामो समयदेखि परिवर्तन र संविधानका लागि त्याग गरेको भन्दै हालसम्मका उपलब्धिको संरक्षण गरी संविधान बनाउनुपर्ने बताउनुभएको छ ।
आज प्यूठान बिजुवारमा मध्यपश्चिम कृषि पर्यटक ऊर्जा तथा व्यापार मेला एवम् स्वर्गद्वारी प्यूठान दोस्रो महोत्सवको उद्घाटन गर्दै उहाँले देशमा स्थायित्व, शान्ति र अमनचयन आवश्यक रहेको बताउनुभयो । “संविधान जसरी भए पनि आउँछ ।” प्रम कोइरालाले भन्नुभयो– “संविधान जारी गर्न अब कसैले रोक्न सक्दैन्, संविधानबाटै हालसम्मका उपलब्धिको संस्थागत गर्नुपर्छ ।
“वार्ता सहमति र एकताबाट नै नेपालको परिवर्तन हुन्छ ।” प्रम कोइरालाले भन्नुभयो– “हिजो आन्दोलन घोषणा गरेका शक्तिसँग आज सहमति हुँदैछ ।” उहाँले संविधान निर्माण प्रक्रिया र अवरुद्ध संविधानसभाका विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकलम दाहालसँग वार्ता गरेको भन्दै चाँडै देशले एउटा निकास पाउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अबको छ महिनामा संविधान आउने बताउनुभयो । “जनताले हामीलाई विश्वास गरेर संविधान बनाउन पठाएका छन् ।” गृहमन्त्री गौतमले भन्नुभयो– “एक वर्षमा संविधान निर्माणका लागि भन्दै जनताले गरेको विश्वास तोडिएको छ । जनताको विश्वास लिनका लागि अबको छ महिनामा संविधान आउँछ ।” उहाँले संविधान निर्माणमा विवाद गर्दा विकास पछि पर्ने भन्दै अब राजनीतिक आन्दोलन पूरा भएको भन्दै विकासको आन्दोलनमा लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोख्रेलले देश विकासका लागि नीति आवश्यक पर्ने भन्दै दलहरुले सहमतिमै संविधान दिने पहल गर्न आग्रह गर्नुभयो । “नेपाललाई विकसित मुलुकको स्थानमा लैजान सबैको सहकार्य आवश्यक पर्छ ।” उहाँले भन्नुभयो– “नेपाली जनताले विकास चाहेका छन् । त्यसको पूरा गर्न हामी एक हुनुपर्छ ।”
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
ट्रम्पका कट्टर समर्थक न्यु मेक्सिकोका सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ
अमेरिकामा एकैदिनमा १ लाख ६९ हजार कोरोनाबाट सक्रमित,१ हजार ७ सयको मृत्यु
प्रतिक्रिया