बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १८:३४
वासिङटन डिसी 08:49

सुशील र प्रचण्डबीच प्रणय दिवसको वार्ताले देला त प्रेमरुपी संविधान ?

इनेप्लिज २०७१ फागुन २ गते १३:४८ मा प्रकाशित

sushil-prachanda

संसारभर युवा पुस्ताले प्रणय दिवस मनाउने तरखर गरिरहेका दिन (फेब्रुअरी १४) को एक बिहानै प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको राजनीति सङ्ल्याउन प्रेमपूर्ण वार्ता भएको छ ।

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’का दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक महिनादेखि बोलचाल बन्द र एक अर्कालाई खुइल्याउनेसम्मका व्यवहारमा उत्रिएका सत्तापक्ष तथा प्रतिपक्षका शीर्ष नेताबीच भएको भेटवार्ताले सहमतिका आधारमा संविधान जारी गर्न प्रेरणा दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया