पाकिस्तानमा मुत्युदण्ड कार्यान्वयन आरम्भ भएपछि थप दुई व्यक्तिलाई मृत्युदण्ड दिइयो
इनेप्लिज
२०७१ फागुन १ गते १५:२५ मा प्रकाशित
मुजफरावाद (पाकिस्तान), १ फागुन । पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरमा शुक्रबार हत्याको अपराधमा मृत्युदण्डको निर्णय सुनाइएका दुई व्यक्तिलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर क्षेत्रमा गत १० वर्षमा मृत्युदण्ड दिइएको यो पहिलो पटक हो ।
कश्मीरका तत्कालीन न्यायाधीवक्ताको छोरोको सन् २००४ मा मिरपुरमा एक लुटपातको प्रयासमा हत्या गरेकोमा मोहमद रियाज तथा मोहमद फयाजलाई मृत्युदण्ड दिइएको छ ।
सरकारले मृत्युदण्ड कार्यान्वयन नगर्ने निर्णय गत छ वर्षसम्म कायम गरेपछि र उक्त निर्णय डिसेम्बरमा हटाएपछि मृत्युदण्ड पाएका व्यक्तिको सङ्ख्या २४ पुगेको छ । तालिवानले एक विद्यालयमा आक्रमण गरी १५० व्यक्तिको हत्या गरेपछि मृत्युदण्ड कार्यान्वयन नगर्ने उक्त निर्णय फिर्ता लिइएको हो ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया